+
+
Shares

किलोमा ३५ रुपैयाँ बढ्यो अमला

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १२ गते १०:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबार अमलाको थोक मूल्य प्रतिकिलो ३५ रुपैयाँले बढेर १ सय ९० रुपैयाँ पुगेको जनाएको छ।
  • फागुन अन्तिम साता अमलाको मूल्य प्रतिकिलो १ सय ३० रुपैयाँ थियो भने बुधबार १ सय ५५ रुपैयाँमा किनबेच भएको थियो।
  • अमलामा धेरै भिटामिन सी पाइने र यसको अमिलो स्वादले प्रत्येक मौसममा लाभदायक मानिन्छ।

१२ चैत, काठमाडौं । स्थानीय बजारमा अमलाको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबार सार्वजनिक गरेको मूल्यसूची अनुसार अमलाको भाउ बढेको देखिएको हो।

आज बिहीबार अमलाको भाउ थोकमा प्रतिकिलो ३५ रुपैयाँ बढेको छ । हिजो बुधबार प्रतिकिलो थोकमा १ सय ५५ रुपैयाँमा किनबेच भएको अमला आज भने किलोको १ सय ९० रुपैयाँ पुगेको हो । फागुन अन्तिम साता भने अमला १ सय ३० रुपैयाँमा किनबेच भएको थियो ।

अमिलो स्वादयुक्त अमलाको उपभोग प्रत्येक मौसमका लागि लाभदायक मानिन्छ । अमलामा अरू फलफूलमा भन्दा धेरै भिटामिन सी पाइन्छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?