News Summary
Generated by OK AI. Editorially reviewed.- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबार अमलाको भाउ थोकमा प्रतिकिलो १० रुपैयाँले बढेर ७५ रुपैयाँ पुगेको बताएको छ।
- भदौ पहिलो साता अमलाको भाउ प्रतिकिलो १ सय ७० रुपैयाँसम्म पुगेको थियो।
- अमलामा धेरै भिटामिन सी पाइने र यसको उपभोग प्रत्येक मौसमका लागि लाभदायक मानिन्छ।
२७ कात्तिक, काठमाडौं । स्थानीय बजारमा अमलाको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबार सार्वजनिक गरेको मूल्यसूची अनुसार अमलाको भाउ बढेको देखिएको हो ।
आज बिहीबार अमलाको भाउ थोकमा प्रतिकिलो १० रुपैयाँ बढेको छ । हिजो बुधबार प्रतिकिलो थोकमा ६५ रुपैयाँमा किनबेच भएको अमला आज भने किलोको ७५ रुपैयाँ पुगेको हो ।
भदौ पहिलो साता अमला प्रतिकिलो १ सय ७० रुपैयाँसम्मा किनबेच भएको थियो ।
अमिलो स्वादयुक्त अमलाको उपभोग प्रत्येक मौसमका लागि लाभदायक मानिन्छ । अमलामा अरू फलफूलमा भन्दा धेरै भिटामिन सी पाइन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4