
News Summary
Generated by OK AI. Editorially reviewed.- कालीमाटी बजारमा बिहीबार सरिफाको औसत मूल्य प्रतिकिलो १३० रुपैयाँ पुगेको छ, जुन बुधबारको तुलनामा २० रुपैयाँले बढेको हो।
- अमलाको मूल्य बिहीबार प्रतिकिलो औसत ६५ रुपैयाँमा किनबेच भइरहेको छ, जुन बुधबारको तुलनामा १० रुपैयाँले घटेको हो।
- सरिफा र अमलामा स्वास्थ्यका लागि लाभकारी तत्व पाइन्छ, जसले रक्तचाप नियन्त्रण र हृदयघात जोखिम कम गर्न मद्दत गर्दछ।
३० असोज, काठमाडौं । स्थानीय बजारमा सरिफाको भाउ बढ्दा अमलाको घटेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले बिहीबार सरिफा र अमलाको भाउमा घटबढ देखाएको हो ।
समितिको तथ्यांक अनुसार बिहीबार कालीमाटी बजारमा सरिफा प्रतिकिलो थोकमा न्यूनतम १ सय २० देखि अधिकतम १ सय ४० रुपैयाँमा किनबेच भइरहेको छ । औसत मूल्य भने १ सय ३० रुपैयाँ कायम छ ।
हिजो बुधबार सरिफा प्रतिकिलो थोकमा न्यूनतम १ सयदेखि अधिकतम १ सय २० र औसत १ सय १० रुपैयाँमा किनबेच भएको थियो ।
हिजो बुधबारको तुलनामा आज बिहीबार सरिफाको औसत मूल्य २० रुपैयाँ बढेको छ ।
यस्तै अमलाको मूल्य भने आज बिहीबार प्रतिकिलो थोकमा १० रुपैयाँ घटेको छ ।
हिजो बुधबार अमला प्रतिकिलो थोकमा न्यूनतम ७० देखि अधिकतम ८० र औसत ७५ रुपैयाँमा किनबेच भएको थियो ।
अमला आज भने प्रतिकिलो थोकमा न्यूनतम ६० देखि अधिकतम ७० र औसत ६५ रुपैयाँमा किनबेच भइरहेको छ ।
सरिफा र अमला दुवै स्वास्थ्यका लागि लाभकारी छन् । सरिफालाई सीताफल वा कस्टर्ड एप्पलका नामले पनि चिनिन्छ । यो विशेषगरी गर्मी मौसममा पाइन्छ ।
विशेषज्ञका अनुसार यसमा पाइने म्याग्नेसियम र पोटासियम जस्ता खनिज तत्वले रक्तचाप नियन्त्रणमा राख्दै मुटुलाई स्वस्थ बनाउन महत्त्वपूर्ण भूमिका खेल्छन् । साथै, यसमा रहेको फाइबर र नियासिनले शरीरमा हानिकारक कोलेस्ट्रोलको मात्रा घटाएर हृदयाघात र स्ट्रोकजस्ता जोखिमबाट बचाउन मद्दत गर्दछ ।
सरिफा भिटामिन ‘ए’ को पनि राम्रो स्रोत हो ।
यस्तै अमिलो स्वादयुक्त अमलाको उपभोग प्रत्येक मौसमका लागि लाभदायक मानिन्छ । तर, यो जाडो मौसममा धेरै प्रयोग गरिन्छ । अमलामा सबै फलफूलमा भन्दा धेरै भिटामिन ‘सी’ पाइन्छ ।
प्रतिक्रिया 4