News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले क्षमताभन्दा बढी यात्रु राखेर सार्वजनिक यातायात नचलाउन सदस्य संघ/समिति/कम्पनी/प्रालिहरूलाई आग्रह गरेको छ।
- मंगलबार अरनिको यातायात प्रालिको बस दुर्घटनामा १२ जनाको ज्यान गएको थियो।
- महासंघले टिकट काट्दा अनिवार्य पहिचान खुलेको प्रमाण, नाम र सम्पर्क नम्बर राख्न र हेलिकप्टर उद्धारको व्यवस्था गर्न सरकारलाई आग्रह गरेको छ।
२८ माघ, काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले क्षमताभन्दा बढी यात्रु राखेर सार्वजनिक यातायात नचलाउन आफ्ना सदस्य संघ/समिति/कम्पनी/प्रालिहरूलाई आग्रह गरेको छ ।
मंगलबार काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको अरनिको यातायात प्रालिको बस मन्थली नगरपालिका–६ बेनिघाट पुल नजिक दुर्घटनामा पर्दा १२ जनाको ज्यान गएको थियो । घटनापछि महासंघले सिट क्षमताभन्दा बढी यात्रु नराख्न सचेत गराएको हो ।
साथै टिकट काट्दा अनिवार्य पहिचान खुलेको प्रमाण, नाम र सम्पर्क नम्बर समेत राख्न भनेको छ । यात्रुको दैनिक रेकर्ड अध्यावधिक राख्न समेत महासंघले आग्रह गरेको छ ।
महासंघले बस दुर्घटनापछि बन्ने अध्ययन प्रतिवेदनका सुझाव कार्यान्वयन गरी दुर्घटना न्यूनीकरणमा काम गर्न सरकारलाई समेत सचेत गराएको छ । साथै, सडक दुर्घटनामा तत्काल हेलिकप्टर उद्धारको व्यवस्था मिलाउन समेत माग गरेको छ ।
प्रतिक्रिया 4