+
+
Shares

उजय शाक्यको पुस्तक ‘ब्रान्डसूत्र २.०’ बजारमा

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २८ गते १८:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल र दक्षिण एसियाली बजारमा आधारित मार्केटिङ र ब्रान्ड निर्माण सम्बन्धी पुस्तक ‘ब्रान्डसूत्र २.०’ बजार आएको छ।
  • उजय शाक्यले लेखेको पुस्तकले ब्रान्ड कसरी निर्माण हुन्छ र दीर्घकालीन सोचमा जोड दिन्छ भनी उल्लेख गरेको छ।
  • पुस्तक मुख्यरूपमा युवा मार्केटिङ प्रोफेसनल, व्यवसायी र विद्यार्थीका लागि उपयोगी रहेको छ र छिट्टै अन्य दक्षिण एसियाली देशमा पनि उपलब्ध हुनेछ।

२८ माघ, काठमाडौं । नेपाल र दक्षिण एसियाली बजारको वास्तविक परिवेशमा आधारित मार्केटिङ र ब्रान्ड निर्माण सम्बन्धी नयाँ पुस्तक ‘ब्रान्डसूत्र २.०’ बजार आएको छ ।

विज्ञापन र ब्रान्ड मार्केटिङ क्षेत्रका अनुभवी व्यक्तित्व तथा आउटरिच नेपालका संस्थापक उजय शाक्यले लेखेको यो पुस्तकले ब्रान्डिङलाई एक नयाँ उचाइ र व्यावहारिक दृष्टिकोण प्रदान गर्ने विश्वास गरिएको छ ।

शाक्यको दुई दशक लामो अनुभव समेटिएको यस पुस्तकले ब्रान्ड कसरी निर्माण हुन्छ, बजारमा कसरी सान्दर्भिक रहन्छ र कुन कारणले असफल हुन्छ भन्ने विषयमा गहन विश्लेषण गरेको छ ।

शाक्यका अनुसार यो पुस्तकले छोटो बाटो होइन, दीर्घकालीन सोच, सांस्कृतिक सन्दर्भ र जिम्मेवार ब्रान्ड निर्माणमा जोड दिन्छ । यसले ‘ब्रान्ड संरक्षण’ सोच अपनाउन प्रेरित गर्छ ।

दक्षिण एसियाको अद्वितीय बजार संरचना र उपभोक्ता व्यवहार केन्द्रित गरी लेखिएको यो पुस्तकका सम्पादक प्रा. उज्ज्वल के चौधरी हुन् । चौधरी दक्षिण एसियाली शिक्षा र सञ्चार क्षेत्रका प्रतिष्ठित नेतृत्वकर्ता मानिन्छन् ।

यो पुस्तक मुख्यरूपमा युवा मार्केटिङ प्रोफेसनल, व्यवसाय र विद्यार्थी, उद्यमी र ब्रान्ड लिडरहरूका लागि उपयोगी छ । यसले रणनीति भन्दा अघि दृष्टिकोणमा जोड दिन्छ— पोजिसनिङ, सान्दर्भिकता, विश्वास, सिर्जनशीलता र दीर्घकालीन ब्रान्ड संरक्षणबारे स्पष्ट सोच विकास गर्न मद्दत गर्छ ।

यो पुस्तक हाल नेपालमा उपलब्ध छ र छिट्टै अन्य दक्षिण एसियाली देशहरूमा पनि उपलब्ध हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?