Comments Add Comment

गुल्मीमा छुट्टाछुट्टै घटनामा ३ को मृत्यु

१९ असोज, तम्घास । गुल्मी जिल्लामा मंगलवार भएका छुट्टा छुट्टै घटनामा तीन जनाको ज्यान गएको छ ।

TheKingdomOfNepal.com: Gulmi District Mapज्यान जानेमा इश्मा दोहोली गाविस ४ निवासी ३८ वर्षीय केशव खड्का, जुनियाँ गाविस ८ निवासी ४४ वर्षीय सोमबहादुर खत्री र पाल्पा घर हुने अन्दाजी ६० वर्षीय एक वृद्धा रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक रामप्रसाद पौडेलले जानकारी दिए ।

खड्काको घर नजिकैको भीरबाट लडेर ज्यान गएको हो भने खत्री र अन्दाजी ६० वर्षीया बृद्धा मृत अवस्थामा फेला परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment