Comments Add Comment

भारतीय कंग्रेसका नेताले मोदीलाई भनेः नेपालसितको सम्वन्ध पुनर्स्थापित गर

Modi

१९ असोज, नयाँदिल्ली । भारतीय कंग्रेसका एक नेताले नेपालसितको सम्वन्ध पुनर्स्थापित गर्न नरेन्द्र मोदी सरकारलाई आग्रह गरेका छन् ।

कांग्रेस नेता प्रमोद तिवारीले नेपाली राजदूत दिपकुमार उपाध्यायको भनाइ उल्लेख गर्दै नेपाल र भारतको सम्वन्धमा उत्पन्न समस्याप्रति चिन्ता व्यक्त गरे ।

राजदूत उपाध्यायले एक अन्तरवार्तामा भारतले भित्तामा पुर्‍याउन खोजे विकल्प खोज्न वाध्य हुने चेतावनी दिएका थिए ।

भारतीय कंग्रेसका नेता तिवारीले अहिलेको संकटले नेपाललाई चीन तर्फ ढल्काउन सक्ने उल्लेख गर्दै भनेका छन्-‘प्रधानमन्त्री मोदीले अहिलेको परिस्थितिलाई मुल्यांकन गरेर सम्वन्ध सुधारका पक्षमा कदम चालिहाल्नुपर्छ ।’

तिवारीले नेपाल भारतको निकट छिमेकी भएको भन्दै सम्वन्धलाई सुधार गर्नुको विकल्प नरहेको पनि बताएका छन् । नरेन्द्र मोदीले प्रधानमन्त्री बन्नासाथ नेपाल भ्रमण गरेको स्मरण गराउँदै हालको संकट समाधानका लागि ठोस पहल नगरेको भन्दै मोदीको आलोचना गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment