Comments Add Comment

नयाँ स्वरुप र सुविधासहित आयो अनलाइनखवर एप

onlinekhabar-apps-1काठमाण्डौ । नेपालको नम्बर एक न्यूज पोर्टल अनलाइनखबर डटकमको एन्ड्रोइड एप नयाँ स्वरुप र सुविधासहित आएको छ ।

अपग्रेडेड भर्सनमा प्रयोगकर्ताको रुचीलाई बिशेष प्राथमिकता दिइएको छ भने अफलाइन न्यूज पढ्ने सुविधा पनि समावेश छ । एपको डिजाइन र लेआउटलाई प्रयोगकर्ता मैत्री बनाइएको छ भने करिव एक दर्जन नयाँ फिचरहरु समावेश गरिएको छ ।

‘प्रयोगकर्तालाई कसरी समाचार पढ्न सजिलो हुन्छ भन्ने कुरालाई ध्यान दिएर एप बनाइएको छ ।’ संस्थापक एवं प्रधानसम्पादक धर्मराज भुसालले भने-‘प्रयोगकर्ताले आफ्नो रुची लागेका समाचारलाई होमपेजमा राख्न र रुचीका आधारमा ब्रेकिङ न्यूज नोटिफिकेसन पाउन सक्छन् ।’
एन्ड्रोइड भर्सनमा उपलब्ध नयाँ अपडेट आईओएसमा भने केही दिनभित्रै उपलब्ध हुने छ ।

यी हुन नयाँ सुविधा

१. ब्रेकिङ न्यूज नोटिफिकेसन

onlinekhabar-apps-5

एप प्रयोगकर्ताले अब आफ्नो मोबाइलमा ब्रेकिङ न्यूज नोटिफिकेसन पाउन सक्नेछन् । यो सुविधा एप इन्स्टल गर्दा स्वतः क्रियाशिल हुन्छ । यदि नोटिफिकेसन सुविधा हटाउन चाहेमा सेटिङमा गएर नोटिफिकेसन अफ गर्न सकिन्छ । नोटिफिकेसन प्राप्त गर्न यसअघि अनलाइनखबर एप इन्स्टल गरिसकेका प्रयोगकर्ताहरुले अपडेट गर्नुपर्ने हुन्छ ।

२. पर्सनलाइज्ड पेज अर्थात ‘माइन्यूज’

onlinekhabar-apps-2नयाँ भर्सनको एपमा माइन्यूज नामक अप्सन छ जहाँ तपाईले आफ्नो सुविधाअनुसार अनलाइनखबरका न्यूज डिस्प्ले गर्न सक्नुहुन्छ । यही खण्डमा तपाईंले अनलाइनखबरमा उपलब्ध सवै विधामा समाचार हेर्न सक्नुहुन्छ । आफुलाई मन पर्ने बिधाका समाचार सवैभन्दा अगाडी राख्न चाहानुहन्छ भने सेटिङमा गएर क्याटगोरी होल्ड गरी तलमाथि सार्न सक्नुहुन्छ । त्यहाँ देखिएको बरियताक्रम अनुसार नै माइन्यूज सेक्सनमा तपाईको न्यूज डिस्प्ले हुने छ ।

३. पर्सनलाइज्ड होम स्क्रिन 
onlinekhabar-apps-3नयाँ भर्सनको एपको होम स्त्रिmनमा तपाईंले बिशेष खवर, मुख्य खवर, बिजनेस, मनोरञ्जन र खेलकुदमा अपडेट भएका पछिल्ला खवर पढ्न पाउनुहुन्छ । तर, तपाईले त्यसबाहेक अरु विधा जस्तै साहित्य, स्वास्थ्य जीवनशैली वा बिचित्र संसारलाई होम स्त्रिmनमा देखिने बनाउन पनि सक्नुहुन्छ । यसका लागि तपाईले सेटिङ अप्सनमा गई होमस्त्रिmन संकेतलाई थिच्नुपर्ने हुन्छ ।

४. अफलाइन पढ्न समाचार सेभ गर्नुहोस्
onlinekhabar-apps--4यदि तपाईलाई कुनै सामाग्री मन पर्‍यो तर इन्टरनेट नभएका बेला अर्थात फुर्सदमा पढ्न चाहानुहुन्छ भने चिन्ता लिनुपर्दैन् । समाचारको शीर्ष भागमा रहेको सेभ अप्सन थिचेर तपाई आफ्नो मोबाइलमा समाचार सेभ गरी अफलाइन भएका बेलासमेत पढ्न सक्नुहुन्छ । यसरी सेभ गरिएका समाचार सेभ्ड न्यूज खण्डमा सूचीकृत भएका हुन्छ ।

५. कमेन्ट गर्नुहोस्, कमेन्ट पढ्नुहोस्
अनलाइनखबरको मुख्य बिशेषता हो-पाठक अन्तरक्रिया । समाचारसँगै पाठक प्रतिक्रियामा हुने अन्तरिक्रयालाई अनलाइनखबरले अब मोबाइलमा पनि सजिलो बनाएको छ । कुनै पनि समाचारमा अब तपाई आफ्नो मोबाइलबाट प्रतिक्रिया पठाउन, प्रकाशित प्रतिक्रियाहरु पढ्न र त्यसमा लाइक वा डिसलाइक गर्न सक्नुहुन्छ ।

६. मोबाइल एपबाटै भिडियो हेर्नुहोस्
अनलाइनखबरमा दैनिक प्रकाशित हुने भिडियो फुटेज, रिपोर्ट र बुलेटिनहरु अब मोबाइल एपमार्फत् हेर्न सक्नुहुन्छ । समाचारसँगसँगै तपाईले भिडियोमार्फत् टेलिभिजनको आनन्दसमेत लिन सक्नुहुन्छ ।

यसबाहेक दिनभरका लोकपि्रय समाचार, भर्खरै अपडेट गरिएका ताजा समाचार र मुख्य समाचारलाई होमपेजमै प्रयोगकर्तालाई सजिलै पहुँच हुनेगरी राखिएको छ । आफुले पढेका समाचार सामाजिक संजालमा सेयर गर्न पहिलेभन्दा निकै सजिलो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment