Comments Add Comment

राताम्मे बन्यो सेयर बजार, १५ करोडको पनि भएन कारोबार

५ चैत, काठमाडौं । सेयर बजार राताम्मे देखिएको छ । साताको तेस्रो दिन सेयर कारोबार मापक नेप्से परिसूचक ५ दशमलव ८६ अंकले ओरालो लाग्दा बजार राताम्मे देखिएको हो ।

मंगलबार होटल समूह स्थिर देखिएको छ भने अन्य सबै समूहहरु ओरालो लागेका छन् । बजार ६ दशमलव ८६ अंकले ओरालो लाग्दा नेप्से परिसूचक एक हजार १ सय ४७ दशमलव १५ अंकमा झरेको छ ।

यस अघि सोमबार पनि ७ अंक भन्दा बढीको गिरावट आएको थियो ।

मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकममा समेत भारी गिरावट देखिएको छ । दिनभर भएका २ हजार ५ सय ९२ कारोबारबाट विभिन्न कम्पनीका ५ लाख ३४ हजार ९ सय ९५ कित्ता सेयर किनबेच भएका छन् । जस अनुसार कारोबार रकम १४ करोड ८६ लाख ३३ हजार २ सय ४५ रुपैयाँमात्रै भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

यस अघि सोमबार भएको कारोबारमा ३६ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको थियो । कारोबार रकमका आधारमा नागरिक लगानी कोष पहिलो नम्बरमा देखिएको छ । कोषको मंगलबार २ करोड ३५ लाख ४६ हजार ४ सय ८ रुपैयाँको कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment