Comments Add Comment

राजेन्द्र महतो पत्नीले भनिन्- हाम्रो घरमा कसैले ढुंगा हानेको छैन

२१ असोज, काठमाडौं । पूर्वसभामुख तारानाथ रानाभाटको नेतृत्वमा रहेको पूर्वसांसद क्लवले नयाँ बानेश्वरको इन्द्रेणी होटलमा बिहीबार एक कार्यक्रमको आयोजना गरेको थियो ।

Rajendra-Mahato-And-His-Wifeत्यहाँ तमलोपाका केन्द्रीय सदस्य दीपेन्द्र मिश्रले सबैका सामुन्नेमा भने- ‘राजेन्द्र महतोको भीमसेनगोलास्थित घरमा आक्रमण भयो ।’

यस्तो सुन्नेवित्तिकै मधेसी राष्ट्रिय मुक्ति मोर्चाका महासचिव रामरिझन यादव इन्द्रेणी होटलबाट बाहिरिएर भीमसेनगोलातिर लागे । उनी सीधै राजेन्द्र महतोको घरमा पुगे ।

यादव राजेन्द्र महतोको घरमा पुग्दा महतोपत्नी एवं सांसद शैलुकुमारी देवी सामान्य स्थितिमा घरभित्रै थिइन् । महतोपत्नीले आफ्नो घरमा कसैले एउटा ढुंगासम्म नहानेको यादवलाई प्रतिक्रिया दिइन् ।

केही व्यक्तिहरुले घरको गेटमा नारबाजी गरेको र महतोको विरोधमा व्यानर टाँगेर गएको तर कसैले पनि घरमा आक्रमण नगरेको बताउँदै महतो पत्नीले यादवलाई चिया खुवाएर पठाइन् ।

महतोको घरबाट निस्केपछि रामरिझन सदभावनाको पार्टी कार्यालयतिर लागे । त्यहाँ पुग्दा पार्टी कार्यालय पनि सुरक्षित रहेको पाएपछि यादव ढुक्क भएर फेरि इन्द्रेणी होटलमै फर्किए ।

सदभावनाको कार्यालयको झ्यालमा राति कुनै हुल्लडले एउटा ढुंगो प्रहार गरेको तर कसैलाई क्षति नभएको जानकारी पाएपछि यादव तत्कालै नयाँ बानेश्वर फर्किए ।

महतोको घरमा चिया खाएर फर्किँदा पूर्व सांसदहरुको कार्यक्रम जारी थियो । त्यहाँ सबैका सामु दीपेन्द्र मिश्रको भनाइको खण्डन गर्दै यादवले भने-‘साथी हो, राजेन्द्र महतोको घरमा आक्रमण भयो भन्ने प्रचार हावादारी हो । महतोजीको घरमा कसैले आक्रमण गरेकै छैन, मैले भर्खरै त्यहाँ पुगेर चिया खाएर आएको हुँ ।’

एमाओवादीका केन्द्रीय सदस्यसमेत रहेका यादवले थपे- ‘राजेन्द्र महतोजीको घर अगाडि केही मानिसले उहाँको विरोधमा नाराजुलुस गरेका रहेछन्, नेताका घर अगाडि जनताले नाराजुलुस गर्नु स्वाभाविक घटना हो ।’

सदभारवना पार्टीकै केन्द्रीय नेता राजकुमार यादवले घरमा आक्रमण आक्रमण भयो भनेर फेसबुकमा झूठो कुरा लेखेको भन्दै यादवले खण्डन गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment