Comments Add Comment

अशोक राईको प्रश्न-यो नाकाबन्दी हो कि होइन ?

फाइल तस्वीर
फाइल तस्वीर

 

२२ असोज, काठमाडौं । संविधान जारी भएदेखि नै संसद बैठकसमेत बहिस्कार गरिरहेको मधेसी मोर्चाका सभासदहरु शुक्रबार संसद बैठकमा सहभागी भएका छन् ।

बैठकमा बोल्दै संघीय समाजवादी फोरमका सांसद अशोक राईले भारतले नाकाबन्दी लगाएको हो कि होइन भन्ने कुरा सरकारले प्रष्ट पार्नुपर्ने बताए ।

उनको दलले नाकाबन्दी आफूहरुले गरेको भनिरहेका बेला राईले संसदमा भने-‘नाकाबन्दी भएको हो कि हेइन सरकारले प्रष्ट पारोस् । केही मन्त्रीहरु नै नाकाबन्दी होइन भनिरहनुभएको छ । हामीले के पत्याउने ?’

राईले आफ्नो जनताको आन्दोलनलाई दमन गरेर सरकारले विदेशीसँग डिल गर्न नसक्ने बताए । ‘पहिले आन्तरिक एकता बलियो बनाउँ, अनि अन्तर्राष्ट्रिय कानुन पालना गराउन विदेशीलाई दबाब दिन सकिन्छ,’ राईले भने ।

मन्त्रीलाई कारवाही गर्न माग

बैठकमा राप्रपाका सांसद दीपक बोहोराले नाकाबन्दी भएकै होइन भन्ने मन्त्रीहरुलाई कारवाही गर्नुपर्ने बताए । ‘नाकाबन्दीले जनता तबाह भएको बेला जिम्मेवार मन्त्रीहरु नै नाकाबन्दी होइन भन्दैछन्, प्रधानमन्त्रीले तीनलाई किन कारवाही गर्दैनन् ?’ बोहोराले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment