Comments Add Comment

प्रधानमन्त्री कोइरालाले राष्ट्रपतिसमक्ष राजीनामा दिए

Susil-koirala

२३ असोज, काठमाडौं । काम चलाउ सरकारका प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रपति डा. रामवरण यादवसमक्ष राजीनामा दिएका छन् ।

व्यवस्थापिका संसदले नयाँ प्रधानमन्त्री चयन गर्नु अघि कोइरालाले शीलत निवास पुगेर राजीनामा पत्र बुझाएका हुन् । कोइरालाले राजीनामा पत्र बुझाएका उनको प्रेस संयोजक प्रकाश अधिकारीले अनलाइनखबरलाई जानकारी दिए ।

राष्ट्रपतिले कोइरालाको राजीनामा स्वीकृत गरेका छन् । अर्को मन्त्रिपरिषद् गठन नहुादासम्म यही मन्त्रिपरिषद्ले काम गर्ने गरी राष्ट्रपतिले प्रधानमन्त्री र मन्त्रिपरिषद्का सदस्यहरुलाई धन्यवाद समेत दिएका छन् ।

संसदले भोलि नयाँ प्रधानमन्त्री चयन गर्नेछ । नयाँ प्रधानमन्त्रीका लागि कोइराला र एमाले अध्यक्ष केपी ओलीले उम्मेदवार दर्ता गराएका छन् ।

ओलीलाई एमाओवादी र राप्रपा नेपालसहितका दलको समर्थन छ र, उनको पक्षमा बहुमत पुगेको एमाले नेताहरूले दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment