Comments Add Comment

भारतसँग वार्ता गर्ने जिम्मा उपप्रधानमन्त्री कमल थापालाई

Kamal-thapa-1

२५ असोज, काठमाडौं । सरकारले आपूर्ति व्यवस्था सहज बनाउन भारतसँग वार्ता गर्ने जिम्मा उपप्रधानमन्त्री कमल थापालाई दिएको छ ।

यसअघि सुशील कोइराला नेतृत्वको सरकारले तात्कालीन परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेको संयोजकत्वमा वार्ता समिति गठन गरेको थियो ।

अब सो जिम्मा नवगठित सरकारमा परराष्ट्रमन्त्रीको समेत जिम्मेवारी पाउने चर्चामा रहेका थापाले पाएका छन् । उनले परराष्ट्रमन्त्रीको जिम्मेवारी पाउने लगभग पक्का भएन सार्बजनिक भने गरिएको छैन ।

सोमबार बसेको पहिलो मन्त्रिपरिषद बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्तासमेत रहेका कानुनमन्त्री अग्नि खरेलले भारतसँग वार्ता गरी आपूर्ति व्यवस्था सहज बनाउन परराष्ट्रमन्त्री थापालाई जिम्मा दिइएको जानकारी दिए ।

यसअघिको सरकारले बनाएको वार्ता समिति के हुन्छ त भन्ने सञ्चारकर्मीको जिज्ञासामा खरेलले भने, ‘त्यो तीन दलले बनाएको समिति हो यसबारे आजको मन्त्रिपरिषदले केही बोलेको छैन ।’

यो पनि पढ्नुस्

प्रधानमन्त्री ओलीको पहिलो निर्णय : देशलाई तुइन मुक्त गर्ने

सरकारको प्रवक्तामा अग्नि खरेल तोकिए

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment