Comments Add Comment

मड्रिडमै करियर अन्त्य गर्न चाहन्छु : रोनाल्डो

Ronaldo
२८ असोज, काठमाडौं । स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले रियल मड्रिडमै आफ्नो करियर अन्त्य गर्ने इच्छा व्यक्त गरेका छन् । साथै उनले अझै १० वर्ष फुटबल खेल्ने बताए ।

धेरैले रोनाल्डो अर्को सिजन रियलमा हुने नहुने अनिश्चित भएको आंकलन गरिरहेका थिए । तर, हालै मात्र चौथो गोल्डेन बुट जितेका रोनाल्डोले स्पेनिस स्पोट्स पत्रिका मार्कसँगको कुराकानीमा आफूले रियल मड्रिडमै करियर अन्त्य गर्न चाहेको बताएका छन् ।

उनले भनेका छन्, म अझै धेरै जित्न चाहन्छु र आफूलाई अझै युवा महसुस गरिरहेको छु ।’ ३० वर्षका रोनाल्डोले भने, म अझै पाँच वा छ वर्ष खेल्न चाहन्छु र यो वर्षहरुमा म अहिलेकै स्तरमा खेल्न चाहन्छु ।’ यो कठिन तर, सम्भव भएको उनले बताए ।

स्पेनिस जाइन्ट रियल मड्रिडसँग रोनाल्डोको सम्झौता अझै तीन वर्ष बाँकी छ । रियल मड्रिड विश्वकै उत्कृष्ट क्लब भएको भन्दै उनले भने, मैले धेरै पटक भनेको छु कि मेरो सपना रियल मडि्रडमै करियर अन्त्य गर्ने हो । किनकी मैले सहज महसुस गरिरहेको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment