Comments Add Comment

नवनिर्वाचित राष्ट्रपति भण्डारीलाई चीनको बधाइ

Lu-Kang

१२ कात्तिक, काठमाडौं । चीनले नेपालकी नवनिर्वाचित राष्ट्रपति विद्या भण्डारीलाई बधाइ दिएको छ । बुधबार संसदले एमाले उपाध्यक्ष भण्डारीलाई देशको पहिलो पहिला राष्ट्रपतिमा निर्वाचित गरेको थियो ।

चिनियाँ विदेश मन्त्रालय प्रवक्ता लू खाङले नियमित पत्रकार सम्मेलनका क्रममा नेपालका नवनिर्वाचित राष्ट्रपति भण्डारीलाई बधाइ दिएका हुन् । उनले भने-हामीलाई अपेक्षा छ कि नयाँ राष्ट्रपतिको नेतृत्वमा नेपालीहरु शाान्तिपूर्ण, स्थिर र सम्वृद्ध नेपाल निर्माणमा जुट्नेछन् ।’

प्रवक्ता लूले राष्ट्रिय स्वतन्त्रता, सम्प्रभुता र क्षेत्रीय अखण्डता कायम राख्न नेपालले गर्ने प्रयासमा चीनले समर्थन गर्ने समेत बताएका छन् । साथै नेपालका विकासका लागि गर्ने सहायतालाई जारी राख्ने समेत चीनले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment