Comments Add Comment

चीनको चासो : नेपालको राष्ट्रिय स्वतन्त्रता र भौगोलिक अखण्डता

Lu-Kang

१२ कात्तिक, काठमाडौं । नेपालको तराई मधेसमा चीनविरोधी गतिविधि बढ्न थालेका बेला चीन सरकारले नेपालको राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता एवं भौगोलिक अखण्डताका विषयमा चासो राखेको छ ।

एकातिर मधेसमा चीनविरोधी गतिविधिहरु बढिरहेका छन् । मधेसवादी नेताहरु खुलेआम चीनको विरोधमा उत्रन थालेका छन् । कतिपय ठाउँमा चीनको झण्डा जलाउनेसम्मका घटना भएका छन् ।

यही परिस्थितिमा विगतमा ‘साइलेन्स डिप्लोम्यासी’ अपनाउँदै आएको चीनले नेपालको मामिलामा आफ्ना अभिव्यक्ति प्रष्टरुपमा सार्वजनिक गर्न सुरु गरेको छ ।

दक्षिणको छिमेकीले संविधानमा संशोधन गरी सीमांकनमा हेरफेर गर्न र तराईका अन्य जिल्लाहरुलाई मधेस प्रदेशमा गाभ्न नेपाललाई दबाव दिइरहेकै बेला उत्तरी छिमेकी चीनले नेपालको ‘भौगोलिक अखण्डता’मा जोड दिएको छ ।

नेपाललाई राष्ट्रिय स्वतन्त्रता, सम्प्रभुता र भौगोलिक अखण्डता कायम राख्न चीनको समर्थन रहने विहीबार चिनियाँ विदेश मन्त्रालयले स्पष्ट पारेको छ । साथै नेपालको विकासका लागि सहायता जारी राख्ने समेत उसले बताएको छ ।

चिनियाँ विदेश मन्त्रालय प्रवक्ता लु खाङले विहीबार नियमित पत्रकार सम्मेलनका क्रममा नेपालका नवनिर्वाचित राष्ट्रपति भण्डारीलाई बधाइ दिँदै नेपालको राष्ट्रिय स्वतन्त्रता र भौगोलिक अखण्डतामा चीनले समर्थन जनाउने बताएका हुन् ।

उनले भनेका छन् – ‘हामीलाई अपेक्षा छ कि नयाँ राष्ट्रपतिको नेतृत्वमा नेपालीहरु शान्त, स्थिर र सम्वृद्ध नेपाल निर्माणमा जुट्नेछन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment