Comments Add Comment

शानदार जितसहित पीएसजी उपाधि होडमै

३ जेठ काठमाडौं । फ्रेन्च लिग वानमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी)ले रेइम्सलाई ४-० ले पराजित गरेको छ । यस जितपछि पीएसजी उपाधि होडमा कायमै छ । शीर्ष स्थानमो लिले भन्दा पीसजी एक अंकले मात्र पछि छ । लिले सेन्ट एटिएनेसंग गोलरहित बराबरीमा रोका पीएसजीलाई फाइदा पुगेको हो ।

गएराति घरेलु मैदानमा भएको खेलमा पीएसजीलाई जिताउन नेमार,किलियन एम्बाप्पे, मार्क्विन्होस र मोईस केनले गोल गरे । खेलको १०औं मिनेटमै युनिस अब्देलहमिदले रातो कार्ड पाएपछि रेइम्स १० खेलाडीमा समेटिएको थियो । त्यसैको फाइदा पीएसजीले उठायो ।

युनिसले पेनाल्टी एरियामा बल ह्याण्ड गरेपछि रेफ्रीले उनलाई रातो कार्ड देखाए भने पीएसजीलाई पेनाल्टी दिए । जसमा नेमारले १३औं मिनेटमा सहजै गोल गर्दै अग्रता दिलाए । २४ औं मिनेटमा एम्बाप्पेले गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे ।

दोस्रो हाफमा पनि पीएसजीले दुई गोल थप्यो । ६८ औं मिनेटमा मार्क्विन्होसले गोल गरेपछि पीएसजीले ३-० को अग्रता बनायो । ८९औं मिनेटमा मोइस केनले पीएसजीका लागि चौथो गोल गरे ।

जितपछि दोस्रो स्थानको पीएसजीले ३७ खेलबाट ७९ अंक जोडेको छ ।समान खेलबाट ८० अंकसहित लिले शीर्ष स्थानमा छ ।

अन्तिम चरणमा लिलेले अंगर्संग खेल्नेछ भने पीएसजीले ब्रेस्टसंऊ प्रतिस्पर्धा गर्नेछ । पीएसजीले उपाधि जित्न आफ्नो खेल जित्नुपर्नेछ भने अर्को खेलको नतिजा पनि आफूअनुकुल आउनुपर्नेछ । लिले विजयि भएमा भने पीएसजीको जस्ता नतिजा आएपनि लिलेले उपाधि जित्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment