News Summary
Generated by OK AI. Editorially reviewed.- अस्ट्रेलियाका बाँयाहाते ओपनिङ ब्याटर डार्शी शर्ट एनपीएल २०२६ मा पनि लुम्बिनी लायन्सबाटै खेल्ने भएका छन् ।
- लुम्बिनीले सामाजिक सञ्जालमार्फत शर्ट अनुबन्ध गरेको जानकारी दिएको हो ।
- शर्टले अस्ट्रेलियाको सिनियर टोलीबाट २३ टी-२०आई खेलमा ६४२ रन बनाएका छन् ।
७ असोज, काठमाडौं । अस्ट्रेलियाका बाँयाहाते ओपनिङ ब्याटर डार्शी शर्ट नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ मा पनि लुम्बिनी लायन्सबाटै खेल्ने भएका छन् ।
लुम्बिनीले सामाजिक सञ्जालमार्फत शर्ट अनुबन्ध गरेको जानकारी दिएको हो । उनले गत संस्करणमा लुम्बिनीको उपाधि यात्रामा पूरा सिजन खेलेका थिए ।
शर्टले पावरप्लेमा खेल पल्टाउने क्षमता राख्छन् । उनले अस्ट्रेलियाको सिनियर टोलीबाट पनि टी-२०आई खेलिसकेका छन् । उनले २३ टी-२०आई खेलमा ६४२ रन बनाएका छन् ।
त्यस्तै समग्र टी-२०मा उनले १९७ खेलमा ५९१५ रन बनाएका छन् । बिग ब्यासमा एडिलेड स्ट्राइकर्सबाट २ सिजन खेलेका उनी होबार्ट हुरिकेन्सबाट ७ सिजन खेल्दा सबैभन्दा सफल होबार्टमै रहे ।
सन् २०१८ र २०१९ को सिजनमा सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए ।
प्रतिक्रिया 4