+

एसियन गेम्स महिला कबड्डी : चाइनिज ताइपेइसँग नेपालको हार

२०८३ असोज  ७ गते १७:४० २०८३ असोज ७ गते १७:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २०औं एसियन गेम्सअन्तर्गत महिला कबड्डीको दोस्रो खेलमा नेपाल चाइनिज ताइपेइसँग ३७-१८ ले पराजित भएको छ।
  • जापानको तोकाइ सिटिजन जिम्नेसियममा भएको खेलको पहिलो हाफ १३-१३ को बराबरीमा सकिएको थियो।
  • नेपालले अब समूह चरणको अन्तिम खेल बिहीबार श्रीलंकासँग खेल्नेछ।

७ असोज, काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत महिला कबड्डीको आफ्नो दोस्रो खेलमा नेपाल चाइनिज ताइपेइसँग पराजित भएको छ ।

जापानको तोकाइ सिटिजन जिम्नेसियममा बुधबार दिउँसो भएको खेलमा नेपाल चाइनिज ताइपेइसँग ३७-१८ ले पराजित भएको हो ।

पहिलो हाफमा १३-१३ को बराबरी भएको थियो । दोस्रो हाफमा भने नेपालले निराशाजनक प्रदर्शन गर्दै खेल २४-५ ले सुम्पियो र ३७-१८ ले पराजित भयो ।

नेपालले पहिलो खेलमा थाइल्यान्डलाई पराजित गरेको थियो । चाइनिज ताइपेइले श्रीलंकालाई हराएको थियो ।

८ टोली सहभागी कबड्डीको एक समूहमा ४ राष्ट्र छन् । नेपाल रहेको समूहमा थाइल्यान्ड, श्रीलंका र चाइनीज ताइपेइ छ ।

नेपालले अब समूह चरणको अन्तिम खेलमा बिहीबार श्रीलंकासँग खेल्नेछ । त्यसपछि सेमिफाइनल पुग्ने-नपुग्ने टुङ्गो लाग्नेछ ।

२०औं एसियन गेम्स एसियन गेम्स कबड्डी एसियन गेम्स महिला कबड्डी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय