Comments Add Comment
मदन‍-आश्रित स्मृति दिवस :

कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने अभियानमा संकल्पित छौं: प्रधानमन्त्री

३ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरु कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने अभियानमा दृढ संकल्पित रहेको बताएका छन् ।

सोमबार मदन-आश्रित स्मृति दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले जनताको बहुदलीय जनवादको रक्षा गर्दै कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने अभियानमा लाग्ने अठोट व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री ओलीले नेपाल राष्ट्र तथा नेपाली जनताको लागि भण्डारीले पुर्‍याएको योगदानहरु दूरगामी महत्वको र अतुलनीय रहेको बताएका छन् ।

ओलीले ३ वर्षअघि नेकपा माओवादी केन्द्रसँगको एकता पनि भण्डारीले देखेको एकीकृत कम्युनिष्ट आन्दोलनको सपना पूरा गर्ने एउटा प्रयास रहेको बताएका छन् । तर कतिपय नेताहरुको विभाजनकारी एवं अस्थिर र अवसरबादी सोचका कारण यो पूरा नभएको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री ओलीले अधिकारको प्राप्ति, अवसरमा पहुँच, सामाजिक न्याय र समानताको सुनिश्चितता भएको समाज निर्माण गर्दै राष्ट्रियताको सम्बर्द्धन र राष्ट्रिय हितको रक्षाको लागि अविचलित रुपमा क्रियाशिल रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

२०५० साल जेठ ३ गते चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत दासढुंगामा भएको जिप दुर्घटनामा मारिएका तत्कालीन पार्टी महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको स्मृतिमा हरेक जेठ ३ गते यो दिवस मनाउने गरिन्छ ।

मदन–आश्रित स्मृति दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै एमाले नेता माधव नेपालले दासढुंगा घटनाको सत्यतथ्य पत्ता लगाउन सम्बन्धित पक्षलाई आग्रह गरेका छन् ।

यो पनि पढ्नुहोस ओली र प्रचण्डले भने : मदन भण्डारीको मृत्युको गहिरो अन्वेषण हुन्छ यो पनि पढ्नुहोस दासढुंगा दुर्घटनापछि अमर लामाले गरेको त्यो पहिलो फोन यो पनि पढ्नुहोस विद्या आन्टी र केपी अंकललाई अनुरोध– दासढुंगा प्रकरणको छानविन होस् यो पनि पढ्नुहोस दासढुंगामा अलपत्र मदन–आश्रित !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment