+

घरेलु मैदानमा हारेपछि बार्सिलोना उपाधि होडबाट बाहिर

२०७८ जेठ  ३ गते ६:२२ २०७८ जेठ ३ गते ६:२२
घरेलु मैदानमा हारेपछि बार्सिलोना उपाधि होडबाट बाहिर

३ जेठ, काठमाडौं । घरेलु मैदानमा सेल्टाभिगोसँग पराजित भएपछि बार्सिलोना स्पानिस ला लिगाको उपाधि होडबाट बाहिरिएको छ ।

गएराति भएको खेलमा एक गोलको अग्रता लिएर पनि जोगाउन नसकेको बार्सिलोनामाथि सेल्टाले २-१ को पुनरागमन जित हात पार्‍यो ।

सेल्टाका लागि दुवै गोल सान्टी मिनाले गरे । बार्सिलोनाका लागि कप्तान लिओनल मेसीले गोल गरे ।

मेसीले क्याम्प नोउमा २८औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । तर मिनाले ३८औं मिनेटमा सेल्टाका लागि बराबरी गोल फर्काए ।

८३औं मिनेटमा क्लेमेन्ट लेङलेट दोहोरो पहेँलो कार्डसहित मैदान बाहिरिँदा बार्सिलोना दश खेलाडीमा समेटियो । त्यसैको फाइदा उठाउँदै सान्टी मिनाले ८९औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै सेल्टालाई जिताए ।

लिगमा एक खेल खेल्न बाँकी छँदा बार्सिलोना ७६ अंकसहित तेस्रो स्थानमा छ । शीर्ष स्थानको एट्लेटो मड्रिडको ८३ र दोस्रो स्थानको रियल मड्रिडको ८१ अंक छ ।

बार्सिलोना स्पानिस ला लिगा

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय