Comments Add Comment

टेष्ट देशसहितको इमर्जिङ नेशन्स’ क्रिकेट हुने, नेपाल पनि खेल्ने

१२ कात्तिक, काठमाडौं । एसियन क्रिकेट काउन्सिल (एसिसी)ले उदयमान एशोसियट राष्ट्रहरुलाई लक्षित गर्दै ‘इमर्जिङ नेशन्स कप’ आयोजना गर्ने भएको छ ।

Accयस्तो प्रतियोगितामा भारत, बंगलादेश, पाकिस्तान र श्रीलंकाका ‘ए साइड’ टोली पनि सहभागी हुनेछ ।

सिंगापुरमा बसेको एसीसीको बैठकले टेष्ट मान्य प्राप्त एसियाली राष्ट्रलाई समेत सहभागी गराएर २०१७ देखि इमर्जिङ कप गर्ने निर्णय गरेको हो । प्रतियोगिता एक दिवसीय फम्र्याटको हुनेछ ।

इमर्जिङ कपमा एसियाका टेष्ट राष्ट्रहरु भारत, बंगलादेश, पाकिस्तान र श्रीलंकाका ‘ए साइड’ टोली रहनेछन् । अफगानिस्तान, नेपाल र ओमान लगायतका देशको पहिलो सिनियर टोलीले नै भाग लिने भारतीय क्रिकेट कन्ट्रोल बोर्डका सचिव अनुराग ठाकुरले जानकारी दिए ।

एशोसियट राष्ट्रको क्रिकेट विकासका लागि इमर्जिङ कप गर्ने निर्णय भएको उनले बताए । प्रतियोगितामा टेष्ट राष्ट्रका ‘ए साइड’ टोलीमा सिनियर ३ खेलाडी अनिवार्य रुपमा खेलाउनुपर्ने निर्णय भएको छ । इर्मजिङ नेशन्स कप हरेक दुई वर्षमा हुनेछ ।

यसैगरी एसियाका टेष्ट मान्यता प्राप्त राष्ट्रका क्रिकेट एशोसीयसनको वाषिर्क आम्दानीको २ प्रतिशत रकम एसोसियट राष्ट्रमा लगानी गर्ने निर्णय पनि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment