Comments Add Comment

सद्भावनाका नेताले जेनेभामा जलाए नेपालको संविधान

जेनेभा । सदभावना पार्टीका सह–महासचिव देवेन्द्र यादवले जेनेभामा नेपालको संविधान जलाएका छन् ।

जेनेभामा जारी अन्तरर्राष्ट्रीय मानवाधिकार सम्मेलनमा सहभागी हुन पुगेका सदभावना नेता यादवले मानवाधिकार उच्चायोगको मुख्यालय अगाडि नै आफ्नै देशको संविधान जलाएका हुन् ।

jenebha-3जेनेभामा भारतले गरेको नाकाबन्दीको विरोध भइरहेका बेला भेलामा गएका एक मधेसवादी नेताले नेपालको संविधान जनाएर देशकै उपहास गरेका छन् ।

सम्मेलनमा मधेशमा सरकारको तर्फबाट आन्दोलनकारीहरूमाथि दमन भईरहेको प्रतिवेदन समेत पेश गरिएको छ।

नेपालमा भारतद्वारा गरिएको अघोषित नाकाबन्दीलाई अन्तरराष्ट्रियकरण गरिनुपर्ने माग उठिरहेकाबेला मधेशी नेताले नेपाल सरकारकै खिलाफ आफ्नो मुद्दाको अन्तर्राष्ट्रीयकरण गर्न जेनेभा पुगेका छन्।

नेपाल सरकारले आफ्नो शान्तिपूर्ण आन्दोलनमाथि दमन गरेको र आफ्नो मुद्दालाई नयाँ संविधानमा नसमेटिएको भन्दै सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आफ्ना एक पदाधिकारी पार्टीका सहमहासचिवलाई जेनेभा पठाएका थिए ।

जनकपुरमा गत साता भएको मधेशी मोर्चाको बैठकमा सहभागी देवेन्द्र यादवलाई बैठक नसकिँदै जेनेभा उड्न लगाएका थिए। यही आईतवार दोहाको कतार हुँदै जेनेभा पुगेका देवेन्द्र यादवले थर्ड एलायन्सका दीपेन्द्र झासँगै जेनेभामा मधेशमा भएको मानवाधिकार उल्लंघनको भिडियो र राष्ट्रिय मानव अधिकार आयोग, एमनेष्टी इंटरनेशनल तथा ह्यूमन राईट वाच डगको प्रतिवेदनसहित पुगेका हुन्।

jenebha-1 jenebha-2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment