Comments Add Comment

गभर्नरले भने- सेयर बजार जुवाको खाल होइन

२० कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर  डा. चिरञ्जीबी नेपालले पुँजी बजार जुवाको खालजस्तो नभएको बताएका छन् । शुक्रबार धितोपत्र बोर्डले आयोजना गरेको पुँजी बजारको विकास सम्बन्धि छलफल कार्यक्रममा गभर्नर नेपालले यस्तो बताएका हुन् ।

डा. बाबुराम भटराईले अर्थमन्त्री हुँदा सेयर बजारलाई जुवाको घर बताएका थिए । ‘अझै पनि केही मान्छेलाई पुँजी बजार जुवाको खाल हो Chiranjibi-Nepalभन्ने लागेको  छ ।  तर यस्तो  भ्रम सबै नेपालीले दिमागबाट हटाउनुपर्छ’  गभर्नर नेपालले भने ।

जुवाको खालमा राखेपछि आफ्नो लगानी कि पुरै कमाइ हुने कि पुरै गुम्ने भएपनि सेयर बजारमा थोरै भएपनि लगानी फिर्ता हुने उनले बताए ।

‘जुवाको खालमा राखेपछि परेन भने सकियो । तर, सेयर बजारमा गरिएको लगानी जतिसुकै घटेपनि ‘भ्यालू एड’ हुन्छ । १० रुपैयाँको सेयर घटेर १ रुपैयाँमा र्झन पनि सक्छ र त्यो बढेर १०० रुपैयाँ पुग्न पनि सक्छ’ भगर्नर नेपालले भने ।

लगानीकर्ताहरुलाई कम्पनीको समग्र अवस्थाको राम्रो  मुल्यांकन गरेर सेयरमा लगानी गर्न नेपालले सुझाव दिए ।

वृद्धिदर १ प्रतिशतमा खुम्चिने संकेत

त्यसैगरी भूकम्प, तराई आन्दोलन र भारतीय नाकाबन्दीले देशको अर्थतन्त्रमा संकुचन आउने डा. नेपालले बताए ।

‘अहिले हामी अत्यत्नै जटिल अवस्थामा छौं । केही समय यही अवस्था जारी रहेमा हामीले अझ ठूलो संकट व्यहोर्नुपर्ने हुन्छ’ उनले भने- ‘अब मुलुले निकै न्यून अंकको आर्थिक वृद्धिको सामना गर्नुपर्ने छ ।’

यो आर्थिक वर्षमा सरकाले ६ प्रतिशत आर्थिक वृद्धि गर्ने लक्ष्य राखेको भएपनि अब लक्ष्यअनुसारको आर्थिक वृद्धि हासिल नहुने उनको भनाई छ ।

२०५८/०५९  मा आर्थिक वृद्धिदर खुम्चिएर ०.१६ प्रतिशतमात्रै भएको उल्लेख गर्दै गभर्नरले भने- ‘हामीले यसलाई पनि हेर्नुपर्छ ।’ चालू आर्थिक वर्षको पहिलो दुई महिनामा मुलुकको व्यापार घाटा ९१ अर्ब रुपैयाँ रहेको उनले जानकारी दिए ।

चालू आवको कात्तिक १३ गतेसम्ममा ८९ अर्ब रुपैयाँ राजस्व असूली भएको उनले बताए । गत वर्षको यसै अवधिमा भने ९४ अर्ब रुपैयाँ राजस्व असूली भएको थियो । यस अवधिमा सरकारले ४ अर्ब रुपैयाँमात्रै पुँजीगत खर्च गरेको र ८० अर्ब रुपैयाँ राष्ट्र बैंकको ढुकुटीमा थन्किएको उनले जानकारी दिए ।

अवको राष्ट्रिय आवश्यकता भनेको आन्तरिक उत्पादन बढाउनु भएको गभर्नरले ब ताए । ‘आन्तरिक उत्पादन बढाउने जिम्मेवारी हरेक नेपालीको काँधमा आएको छ ।’ डा. नेपालले भने- हामी आफैंले प्रयोग गर्ने सामान किन आफैं उत्पादन नगर्ने ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment