Comments Add Comment

धरौटीमा छुटेका खेलाडीहरुले साफ च्याम्पियनसिप खेल्न नपाउने

Football-Player

अखिल नेपाल फुटबल संघ एन्फाले विशेष अदालतमा चलिरहको मुद्धाको टुंगो नलागेसम्म खेलाडीहरुको निलम्बन कायम रहने बताएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाले मुद्धाको टुंगो नलागेसम्म खेलाडीहरुको निलम्बन कायम रहने बताएको छ । एन्फाका सीइओ इन्द्रमान तुलाधरले अनलाइनखबरसँग भने-‘मुद्दाको टुङ्गो नलागेसम्म उनीहरुको निलम्बन कायमै रहन्छ ।’

फिक्सिङको आरोपमा पक्राउ चार खेलाडी र एक प्रशिक्षकलाई विशेष अदालतले बुधबार धरौटीमा छाडेको थियो ।

रिहा भएपनि सफाइ नपाएकाले उनीहरु तत्काल मैदान र्फकने अवस्था छैन । तुलाधरले भने-‘उनीहरुले साफ खेल्ने सम्भावना छैन ।’

साफ च्याम्पियनसिन अर्को महिना भारतमा हुनेछ । डिसेम्बर २३ देखि जनवरी २ सम्म हुनेछ ।

राष्ट्रिय फुटबल टीम साफको तयारीमा रहेका बेला सागरसहितका खेलाडीहरु असोज २७ मा पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment