Comments Add Comment

ओसिएको प्रशिक्षणमा नेपाल दुई युवा खेलाडी

२८ कात्तिक, काठमाडौं । ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले एसियन युथ डेभलप्मेन्ट प्रोजेक्टअन्तर्गत नेपालमा दुई युवा खेलाडी र दुई प्रशिक्षकलाई छात्रबृद्धि दिएको छ ।

कतारको दोहामा नोभेम्बर १५ देखि २९ सम्म हुने १५ दिने विशेष प्रशिक्षण कार्यक्रममा नेपालका टेबल टेनिस र एथलेटिक्सका खेलाडी र प्रशिक्षकले सहभागीता जनाउन लागेका हुन् । १५ देखि १७ बर्ष उमेर समूहका युवा खेलाडीलाई विगत देखि नै ओसिएले प्रत्येक बर्ष विशेष प्रशिक्षण गराउँदै आएको छ ।

चार सदस्यीय नेपाली टोलीलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव तथा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पाले शनिवार विदाई गरे ।

टोलीमा टेबल टेनिसतर्फका युवा खेलाडी दिक्षा तामाङ र प्रशिक्षकमा सुनिल कुमार योन्जन छन् भने एथलेटिक्सको हाइजम्पतर्फकी गायत्री कुमारी चौधरी र प्रशिक्षकमा उषाकुमारी कर्ण चौधरी छन् । अघिल्लो बर्ष नेपालबाट एथलेटिक्स र पौडीका युवा खेलाडी र प्रशिक्षकले ट्रेनिङ लिएका थिए ।

विदाई कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले प्रशिक्षणबाट र्फकेपछि खेलाडी तथा प्रशिक्षकलाई रिपोट तयार गरि ओलम्पिक कमिटीलाई बुझाउन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment