Comments Add Comment

दीपिकाको साथमा साहरुखको डीडीएलजेको रिमेमका काम गर्ने रणवीरको चाहना

srk-kajol-dipika-and-ranbir
बलिउडमा सन् १९९५ मा प्रदर्शनमा आएको नायक साहरुख खान र नायिका काजोलको सर्वाधिक चर्चित चलचित्र दिलवाले दुल्हनिया ले जायंगेले इतिहास कायम गरिसकेको छ । यो चलचित्र विगत २० बर्षदेखि मुम्बइको मराठा मन्दिरमा प्रदर्शनमा आइरहेको छ । विश्वमै सवैभन्दा लामो समयसम्म चलेको यही चलचित्र हो ।

बलिउडमा अहिले नायक रणवीर कपुर र नायिका दीपिका पादुकोणलाई नयाँ साहरुख र काजोलको रुपमा हेरिएको छ । हुनत, यो कुरा दीपिका र रणवीर मान्न तयार छैनन् । तर, रणवीरले अहिले आफ्नो एक नयाँ चाहना सार्वजनिक गरेका छन् । रणवीरले आफूले डीडीएलजेको रिमेकमा दीपिकासँग काम गर्न पाएको खण्डमा वहुतै खुशी हुने बताएका छन् ।

हालै मात्र गरिएको एक सर्वेक्षणमा नयाँ साहरुख र काजोल रणवीर र दीपिका हुन् । दर्शकले आफूहरुको जोडीलाई पर्दामा देख्न चाहेकाले नै तमाशामा काम गरेको रणवीरको भनाई छ । यी दुई पूर्व प्रेमी प्रेमिका पनि हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment