Comments Add Comment

नेपाल ओमानसँग ३ विकेटले पराजित

Nepal-Cricket-Team

२८ कात्तिक, काठमाडौं । ५० ओभरको टुर म्याचमा नेपाल ओमानसँग ३ विकेटले पराजित भएको छ ।

अबुधाबीमा नेपालले ओमानसामू १८४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जसलाई ओमानले ११ बल बाँकी छँदा ७ विकेट गुमाएर भेट्टायो ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालको सुरुवात निकै खराव रहृयो । नेपानलले २६ रन जोड्दा सुरुवाती ३ विकेट गुमाएको थियो ।

नरेश बुढायर र सुवास खकुरेलको ओपनिङ जोडी फेरि एक पटक चल्न सकेन । नेपालको स्कोर ९ रन हुँदा सुवास व्यक्तिगत २ रनमा आउट भए । थप ४ रन जोड्दा नरेश पनि व्यक्तिगत ९ रनमा पभेलियन फर्किए ।

Nepal-Cricket-Team-1

तेस्रो विकेटका रुपमा सागर पुन ७ रनमै आउट भए । कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले नेपाली पारी सम्हाले । पारस र ज्ञानेन्द्रले ७७ रनको साझेदारी गरे । चौथो विकेटका रुपमा आउट भएका पारस मात्र एक रनले अर्धशतक बनाउन चुके ।

ज्ञानेन्द्रले टिकेर खेलेपनि कुनै पनि ब्याट्सम्यानले उनलाई साथ दिन सकेनन् । थप ८१ रन जोड्दा नेपाल अलआउट भयो । ज्ञानेन्द्रले ७१ रन बनाए । ११३ बलको सामना गरेका उनले सात चौका हाने । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

शरद भेसवाकर ९, मेहबुब आलम ७, करण केसी ५, बसन्त रेग्मी ७, शक्ति गौचन शुन्य रनमा आउट भए भने विक्रम शोक एक रनमा अविजित रहे ।

ओमानका विलाल खानले ४ विकेट लिए भने खावर अलीले ३ र मुनिस अन्सारीले २ विकेट लिएका छन् ।

जवाफमा मैदान उत्रिएको ओमानले ४८.१ ओभरमा ७ विकेट गुमाएर लक्ष्य भेट्टायो । उसका लागि जीशान मकसूदले ५१ रन बनाए भने जितेन्दर सिंहले ४१ रन जोडे ।

तस्वीर सौजन्यः रमन शिवाकोटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment