Comments Add Comment

एमआरपी वितरणमा प्रत्यक्ष दर्ता प्रणाली

passport-line

७ मंसिर, काठमाडौं । राहदानी विभागले सोमबारदेखि मेसिन रिडेबल पासपोर्ट (एमआरपी) को वितरणमा प्रत्यक्ष दर्ता प्रणाली सुरु गर्दैछ । एमआरपीको फारम भर्ने प्रणालीलाई व्यवस्थित र आधुनिक बनाउन कम्प्युटराज्ड प्रणाली सुरु गर्न लागिएको हो ।

विद्युतीय डाटा सिष्टम प्रणालीको सुरुवात सोमबार अपरान्ह तीन बजे उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले औपचारिक रुपमा गर्नेछन् ।

विदेशस्थित १० वटा नियोग र राहदानी विभागमा एमआरपीको फारम भर्ने प्रणालीलाई कम्प्युटराइज्ड गर्न लागिएको हो । प्रणालीले हस्तलिखित एमआरपी फारमको प्रयोगलाई विस्थापित गर्नेछ ।

काठमाडौंको राहदानी विभागसँगै कतार, कुवेत, मलेसिया, रियाद, जेद्दा, युएइ, हङकङ, न्युर्योक, वासिङ्टन र लन्डनमा रहेका नेपाली नियोगहरुमा प्रत्यक्ष दर्ता प्रणाली गर्न लागिएको हो ।

अब विभागमा आएर एमआरपी लिनेहरुको फारम विभागका कर्मचारीले विद्युतीय प्रणालीमा नै भर्नेछन् । सेवाग्राहीको फोटो खिच्ने काम पनि विभागले नै गर्नेछ ।

यसबाट एमआरपी लिनेहरुलाई सहज हुने विभागमा निर्देशक शरदराज आरनले बताए ।

यो प्रणालीलाई जिल्ला तहसमेत अन्य विदेशी नियोगसम्म पनि विस्तार गर्ने विभागको योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment