Comments Add Comment

कुन नाकाबाट कति आयात-निर्यात भयो ?

८ मंसिर, काठमाडौं । भारतीय नाकाबन्दी र तराई आन्दोलनका कारण चालु आर्थिक वर्षको पहिलो तीन महिना (असोज मसान्तसम्म) मा विदेशबाट हुने आयात झण्डै ३२ प्रतिशतले घटेको छ । त्यसैगरी, विभिन्न नाका हुँदै हुने निर्यातमा २५ प्रतिशत कमी आएको राष्ट्र बैंकले राष्ट्र बैंकले जनाएको छ ।

Bhairahawa-nakaअसोजसम्म चीनसँगको तातोपानी र रसुवागढी नाका सुचारु पनि नभएको अवस्थामा भारतसागका सबै भन्दारबाट हुने आयात-निर्यात घटेको राष्ट्र बैंकले जनाएको छ ।

भारतले असोज ६ गतेदेखि अघोषित रुपमा नाकाबन्दी लगाएकोमा सोही महिनाको मसान्तसम्मको मात्र तथ्याङ्क मा पनिै आयात निर्यातदर निकै घटेको देखिएको हो । यसअघि तराइ बन्दका कारण पनि आयात-निर्यात प्रभावित भएको थियो ।

समीक्षा अवधिमा भारत हुँदै तेस्रो मुलुकबाट हुने आयातमा ५६ प्रतिशत गिरावट आएको छ भने सही नाकाबाट हुने निर्यातमा पनि ५१ प्रतिशतले कमी आएको छ ।

अघिल्लो वर्षको सोही अवधिको तुलामा यसवर्षको असोज महिनासम्म वीरगञ्जको सुख्खा बन्दरगाह हुँदै हुने तेस्रो मुलुकसँग हुने आयात-निर्यातमा ठूलो कमी आएको राष्ट्रबैंकको तथ्याङ्कमा उल्लेख छ ।

अघिल्लो वर्षको पहिलो तीन महिनामा वीरगञ्जको सिर्सिया ड्राइपोर्टबाट २१ अर्ब २५ करोड रुपैयाँ बराबरको आयात भएकोमा यसवर्ष ९ अर्ब २२ करोडको मात्र आयात भएको छ ।

यसैगरी वीरगञ्ज भन्सारबाट हुने आयातमा ४६ प्रतिशत र निर्यातमा ३७ प्रतिशतले कमी आएको देखिएको छ । समीक्षा अवधिमा वीरगञ्ज भन्सार नाकाबाट ८० अर्ब ३३ करोड रुपैयाँ बराबरको सामन आयात भएकोमा यसवर्ष ४३ अर्ब २१ करोड रुपैयाँमा खुम्चिएको छ ।

यस्तै ३ अर्ब ९९ करोड रुपैयाँको निर्यात भएकोमा २ अर्ब ५० करोड रुपैयाँमा खुम्चिएको छ । असोज ६ गतेपछि वीरगञ्जबाट हुने आयात-निर्यात ठप्प छ ।
विराटनगर भन्सारबाट आयात २१ प्रतिशतले घट्दा निर्यात २४ प्रतिशतले ओर्लिएको छ । विराटनगरबाट गतवर्ष २३ अर्ब ९९ करोड रुपैयाँको आयात भएकोमा यसवर्ष असोजसम्म १८ अर्ब ८५ करोडको मात्र आयात भएको तथ्याङ्कमा उल्लेख छ ।

असोज मसान्तसम्ममा अवधिमा यही नकाबाट गतवर्ष ६ अर्ब ७ करोड रुपैयाँको निर्यात भएकोमा यसवर्ष ४ अर्ब ६१ करोड रुपैयाँको मात्र निर्यात भएको देखिएको छ । समीक्षा अवधिमा भैरहवाबाट हुने आयात ४ दशमलव ५ प्रतिशतले घटेको छ भन निर्यातमा भने ७१ प्रतिशतले गिरावट आएको राष्ट्रबैंकले जनाएको छ ।

नेपालगञ्ज नाकाबाट हुने आयात ४१ प्रतिशतले घटेको छ भने निर्यात २८ प्रतिशत घटेको छ । मेची भन्सारबाट हुने आयात २६ प्रतिशतले घट्दा ४१ प्रतिशतले निर्यातमा कमी आएको तथ्याङ्कमा उल्लेख छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल हुँदै हुने आयातमा पनि एक प्रतिशतको गिरावट भएको छ भने निर्यातमा भने १७ प्रतिशतले बृद्धि भएको छ ।

गत अार्थिक वर्षको असोज मसान्तको तुलनामा यस अार्थिक वर्षको असोज मसान्तमा परिवर्तन भएको अायात निर्यात दरको अवस्था

भन्सार बिन्दु २०७२ असोजसम्मको निर्यात दर (प्रतिशतमा) २०७२ असोजसम्मको आयात दर (प्रतिशतमा)
वीरगञ्ज -३७.५ -४६.२
वीरगञ्ज सुख्खा बन्दरगाह -४१.२ -५६.६
विराटनगर -२४.१ -२१.५
भैरहवा -७१.१ -४.५
नेपालगञ्ज -२८.३ -४१.४
मेची -४१.४ -२६.९
तातोपानी —— ——
त्रिभुवन विमानस्थल १७.४ -१.३
अन्य -५१.७ -६१.७
जम्मा -२५.४ -३१.९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment