१० मंसिर, काठमाडौं । आगामी माघमा बंगलादेशमा हुने यू-१९ विश्वकप क्रिकेटमा नेपाल कठिन समूहमा परेको छ ।
अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले सार्वजनिक गरेको खेल तालिकामा नेपाल तीन टेष्ट राष्ट्रसँग रहेको समूह डीमा परेको छ । नेपाल रहेको समूह डीमा अष्ट्रेलिया, भारत र न्यूजिल्याण्ड छ ।
गत महिना मलेसियामा भएको ग्लोबल छनोटको फाइनलमा आयरल्याण्डलाई पराजित गर्दै नेपालले विश्वकपमा स्थान बनाएको थियो ।
विश्वकपमा नेपालले पहिलो खेल माघ १४ गते न्यूजिल्याण्डसाग खेल्नेछ । दोस्रो खेल १६ गते अष्ट्रेलियासाग भने समूह चरणको अन्तिम खेल भारतसाग हुनेछ ।