Comments Add Comment

एमाओवादी र वैद्य माओवादीको बोर्ड हटाउन विप्लव समूहको चेतावनी

१० मंसिर, चितवन । नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ताले चितवनस्थित एमाओवादी र वैद्य माओवादीको बोर्ड हटाउन २४ घण्टे अल्टिमेटम दिएका छन् ।

चितवनको भरतपुर नगरपालिका कृष्णनगरमा रहेको शहीद पार्क दुई माओवादी मिलेर बेच्न लागिएको भन्दै विप्लव माओवादीले सो पार्कबाट बोर्ड हटाउन एमाओवादी र वैद्य माओवादीलाई चेतावनी दिएको हो ।

प्रचण्ड नेतृत्वको एमाओवादी र वैद्य नेतृत्वको माओवादीले बुधबार सो शहीद पार्कमा संयुक्त कार्यालय स्थापना गरेको भन्दै बोर्ड झुण्ड्याएका छन् । दुई पार्टीको संयुक्त कार्यालय स्थापना गरी बुधबार चियापानको समेत आयोजना गरिएको थियो ।

यसअघि एमाओवादीको पार्टी कार्यालय रहेको सो भवन र जग्गाको विषयलाई लिएर पार्टी विभाजनपछि प्रचण्ड र वैद्य पक्षका कार्याकर्तावीच झडपसमेत भएको थियो ।

झडपपछि सो कार्यालयलाई शहीद पार्कका रुपमा राख्ने र बिक्री नगर्ने सहमति दुबै पक्षवीच भएको थियो ।

तर, फेरि एमाओवादीका नारायण दाहाल र वैद्य माओवादीका सूर्यप्रकाश सुवेदी पथिकले मिलेर उक्त भवन र जग्गा विक्री गर्न लागेको विप्लव माओवादीको आरोप छ ।

विप्लव माओवादीका सेक्रेटरी महेशले एक वक्तव्य जारी गर्दै गृहमन्त्रालयको आड लिएर दाहाल र पथिकले सो भवन बेच्नका लागि संयुक्त बोर्ड झुण्ड्याएको दाबी गरेका छन् । महेशले जारी गरेको विज्ञप्तिमा भनिएको छ- ‘उक्त शहीदपार्कभित्रबाट २४ घण्टाभित्र एमाओवादी र वैद्य माओवादीले बोर्डसहित कार्यालय नहटाएमा जस्तोसुकै कदम चाल्न हामी बाध्य हुनेछौं ।’

वक्तव्य

Mao

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment