Comments Add Comment

अन्तर्राष्ट्रिय हात्तीपोलोको उपाधि स्वीट्जरल्यान्डलाई

Hattipolo

११ मंसिर । नवलपरासीमा जारी ३४ औं अन्तर्राष्ट्रिय हात्तीपोलो प्रतियोगिताको उपाधि स्वीट्जरल्यान्डको इएफजीले उचालेको छ ।

नवलपरासीको अमलटारीस्थित गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वनको चौरमा शुक्रबार भएको अन्तिम खेलमा नेपालको टाइगर टप्स टस्कर्सलाई ८–५ गोलले पराजित गर्दै स्वीट्जरल्यान्डको इएफजीले ट्रफी आफ्नो कब्जामा पारेको हो ।

नवलपरासीको अमलटारीस्थित गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वनको चौरमा भएको खेलमा सात टोलीलाई पछि पार्दै इएफजीलले उपाधि जितेको हो ।

प्रतियोगितामा स्वीट्जरल्यान्ड, श्रीलङ्का, नेपाल, अमेरिका बेलायत, अस्ट्रेलियालगायतका आठ देशका खेलाडी सहभागी छन् । खेलमा हात्तीमा माहुतेसहित पछाडि खेलाडी रहन्छन् । बललाई हात्तीको सहयोगमा खेलाडीले पोष्टमा लगेर गोल गर्दछन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment