Comments Add Comment

नाकाबन्दीविरुद्ध न्यूजिल्याण्डमा प्रर्दशन

Nakabandi Birod (8)

अकुल्याण्ड । भारतले गरेको अमानवीय नाकाबन्दीका विरुद्ध न्यूजिल्याण्डमा रहेका गैरआवासीय नेपालीहरुले प्रर्दशन गरेका छन् ।

गैरआवासीय नेपाली संघको आह्वानमा भएको बिरोध प्रर्दशनमा नेपाली झण्डा र प्लेकार्डसहित जम्मा भएका सयौं नेपालीले अकुल्याण्डको मुख्य केन्द्र आवोतेआ स्क्वायरमा बिरोध प्रर्दशन गरेका थिए ।

बिरोध प्रर्दशनपछि नेपाली प्रर्दशनकारीहरुले करिव एक घण्टासम्म शहरका बिभिन्न भागमा बिरोध जुलुस प्रर्दशन गरेका थिए ।

सहभागीहरुले ब्याक अफ इण्डिया, नेपालमाथिको नाकाबन्दी फिर्ता गर, भुपेरिवेष्ठित मुलुकको पारवहन अधिकारको सम्मान गर लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

Nakabandi Birod (7)

सो कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएन न्यूजिल्याण्डका अध्यक्ष बाबुराजा महर्जनले भारतीय नाकाबन्दीका कारण करोडौं नेपालीहरुले पाएको दुःखमा गैरआवासीय नेपालीहरु साथ रहेको बताए । एनआरएनले बिश्वभरी नै बिरोध प्रर्दशन गरिरहेको जनाउँदै उनले कार्यक्रममा सहभागी हुने सवै नेपालीलाई धन्यबाद दिए ।

कार्यक्रममा न्यूजिल्याण्ड नेपाली सोसाइटीका अध्यक्ष उद्धव अधिकारी, एनआरएन न्यूजिल्याण्डका कार्यसमिति सदस्य बिद्या बस्नेत लगायतले पनि बोलेका थिए ।

यसैगरी न्युजिल्याण्डको वलिङटनमा पनि गैरआवासीय नेपालीहरुले बिरोध प्रर्दशनन गरेका छन् । ब्याक अफ इण्डिया लेखेको प्लेकार्ड बोकेका नेपालीहरुले नेपाली झण्डासहित प्रर्दशन गरेका थिए ।

थप तस्वीर हेर्नुहोस्

Nakabandi Birod (6)

Nakabandi Birod (5)

Nakabandi Birod (4)

Nakabandi Birod (3)

Nakabandi Birod (2)

Nakabandi Birod (1)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment