Comments Add Comment

नाकाबन्दीको विरोधमा कोलोराडोमा प्रर्दशन (फोटो फिचरसहित)

Blockad (8)

नातिबाबु भट्ट

कोलोराडो । भारतले लगाएको नाकाबन्दीकोे बिरोधलाई विश्वव्यापी बनाउने र नाकाबन्दी हटाउन दबाव सृजना गर्ने उद्धेश्यले कोलोराडो निवासी नेपालीहरुले आईतबार डेनभर डाउनटाउनमा बिरोध प्रदर्शन गरेका छन् ।

कोलोराडोस्थित सम्पूर्ण संघ संस्थाको आयोजना र नेपाली समाजको सहयोग तथा रकी माउन्टेन फ्रेन्डस् अफ नेपालको आह्वान बिरोध र्‍याली प्रदर्शन गरिएको हो । सहभागीहरुले ‘ब्याक अफ ईन्डिया, ब्याक अफ मोदी, ईन्डिया स्टप द ब्लकेड’ जस्ता ब्यानर र प्लेकार्ड बोकेर बजार परिक्रमा गरेका थिए ।

मातृभूमी नेपालमा अत्यावश्यक औषधि खाद्यान्न लगायत अन्य आवश्यक सामानको अभाव भएको वर्तमान अवस्थामा हाम्रा बाआमा, दाजुभाई, दिदीबहिनीले बेहोर्नु परेको चरम मानवीय अभावको मुक दर्शक भएर बस्न नसकिने भन्दै अघोषित नाकाबन्दीको बिरोध गरेका थिए ।

Blockad (7)

उनीहरुले नेपाल सरकार तथा राजनैतीक दलहरुलाई कसैको डर धम्कीले नेपाल र नेपालीको आस्था र स्वाभिमानमा चोट पार्ने कुनै पनि निर्णय नगर्न, देश बिखन्डन हुन सक्ने जस्ता अभिव्यक्ति नदिन तथा त्यस्ता क्रियाकलाप नगर्न समेत आग्रह गरेका छन् । त्यसैगरी उनीहरुले आफ्नो व्यक्तिगत तथा पार्टीगत स्वार्थ भन्दा माथि उठेर आन्दोलनकारीको उचितमागको सम्वोधन गर्न सल्लाह समेत दिएका छन् ।

दिउसो २ बजेदेखि साढे ३ बजे सम्म सञ्चालन भएको बिरोध प्रर्दशन कार्यक्रममा स्थानीय संघ संस्थाका पदाधिकारी, प्रवासी नेपाली, नेपाली मूलका भूटानी तथा नेपालप्रति सद्भाव राख्ने मानिसहरुको उपस्थिति थियो ।

Blockad (6)

Blockad (5)

Blockad (4)

Blockad (3)

Blockad (2)

Blockad (1)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment