Comments Add Comment

कष्टकर जीबनलाई छिटो सहज बनाउन नेपाल सरकारलाई एनआरएनए हङकङको आग्रह

NRN-Honkong१५ मंसिर, हङकङ । गैर-आवासीय नेपाली संघ हङकङले आन्दोलनरत मधेसी मोर्चाका जायज माग सम्बोधन गर्न र छिमेकी मुलुकसंगको सम्बन्ध सुमधुर बनाएर अघि बढ्न नेपाल सरकारलाई आग्रह गरेको छ ।

गैर-आवासीय नेपाली संघ हङकङका अध्यक्ष ललित आङबुहाङ नेतृत्वको टोलीले कार्यवाहक महावाणिज्यदूत सुजनी रानालाई ज्ञापनपत्र बुझाउँदै यस्तो आग्रह गरेको हो । भारतको हेपाहा प्रवृति र तराई-मधेस केन्दि्रत दलहरुको धर्नाले नेपालीको जनजीवन कष्टकर बनेको भन्दै जीबन यापन सहज बनाउने भूमिका गम्भीरतापूर्वक निर्वाह गर्न ज्ञापनपत्रमार्फत् आग्रह गरिएको छ ।

‘यस अवस्था सिर्जना हुनुमा छिमेकी मुलुक भारतको हेपाहा प्रवृति मुख्य कारक तत्वको रुपमा रहेको छ । भूपरिवेष्ठित देशले पाउनु पर्ने पारवहन सुविधाजस्तो अन्तर्राष्ट्रिय सन्धी-सम्झौताको उल्लंघनमात्र नगरेर भारतले नेपालको नैसर्गिक अधिकार हनन गरिरहेको छ । नेपालीले आफ्नो लागि जारी गरेको संविधानमा अरुले अनावश्यक चासो दिनु असान्दर्भिकमात्र नभएर हस्तक्षेप भएको हाम्रो ठहर रहेको छ,’ ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment