Comments Add Comment

दशगजामा बसेर आन्दोलन गर्दैमा समस्या समाधान हुँदैन : पौडेल

Ramchandra-Paudel,-RSS

२२ मंसिर, बागलुङ । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले आन्दोलनरत मधेस केन्द्रित दललाई वार्ता र संवादको माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गरेका छन् ।

नेपाल प्रेस युनियन बागलुङले मंगलबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता पौडेलले सीमित स्वार्थका लागि राष्ट्रलाई सकस नदिन ती दललाई आग्रह गरे । पौडेलले दशगजामा बसेर आन्दोलन गर्दैमा समस्या समाधान नहुने तर्क गर्दै भने, ‘सीमा नाकाको अवरोध हटाएर संविधान संशोधनको बाटामा आएमा मात्रै देशले मुक्ति पाउने छ ।’

कांग्रेस म्याग्दीले मंगलबारदेखि सुरु गरेको ‘जनताको आँगनमा कांग्रेस’ अभियानको शुभारम्भ गर्दै नेता पौडेलले नेपाल आन्तरिक समस्याको समाधान गर्न सक्षम भएको र बाह्य हस्तक्षेप स्वीकार्य नहुने बताए।

उपसभापति पौडेलले सार्वभौमसम्पन्न नेपाली जनताले बनाएको संविधान अरुलाई चित्त नबुझ्दैमा खराब हुन नसक्ने बताए ।

कार्यक्रममा सांसद शारदा पौडेल, प्रकाश पौडेल र रेशमबहादुर बानियाँ, पूर्वकेन्द्रीय सदस्य सुप्रभा शर्मा लगायतले सम्बोधन गरेका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment