Comments Add Comment

दुवईमा लोकप्रिय नेपाली रेस्टुरेन्ट

रामप्रसाद ढुंगेल

silver-spoon-restaurentयूएई । बरदुबईका नेपालीहरुबीच लोकप्रिय सिल्भर स्पुन नेपाली रेस्टुरेन्टले यूएईकै उत्तरी इमिरेट्स फुजेरामा नयाँ शाखा विस्तार गर्ने भएको छ । स्वादिष्ट नेपाली परिकारका साथ विगत दुई वर्षदेखि यूएईका नेपालीहरुको मन जित्न सफल सिल्भर स्पुन रेस्टुरेन्टले फुजेरामा पहिलो शाखा स्थापनाका लागि १० डिसेम्बरमा रजिस्टे्रसन पाएको सञ्चालिका दिपा पाण्डेले बताएकी छिन् ।

यूएईमा सफल महिला व्यावसायी तथा दानवीर व्यक्तित्वको रुपमा परिचित बुटबलकी दीपा पाण्डेले फुजेरामा एक महिनाको अन्तरालमा दोस्रो व्यावसाय दर्ता गराएकी हुन् । उनले झापाकी लक्ष्मी तामाङको सहकार्यमा एक महिनाअघि फुजेरामै नासिर ब्युटी सैलुन स्थापना गरेकी थिइन् ।

फुजेराको सेन्चुरी मल छेउमा रहेको सिकमकम एरियामा स्थापना हुन लागेको सिल्भर स्पुन नेपाली रेस्टुरेन्टमा दिपा पाण्डेको एकल लगानी हुने बताइएको छ । यसअघि पाण्डेले दुबईको देरामा रहेको ब्युटी फेस सैलुन, बरदुबईकै सिल्भर स्पुन र फुजेराको नासिर सैलुनमा पार्टनरसिपमा काम गरेकी थिइन् । ‘अब आइडिया पाइयो,’ उनले भनिन्, ‘फुजेराको सिल्भर स्पुन सञ्चालनका लागि आत्मविश्वासले काम गरिरहेकी छु ।’

restaurent-

फुजेराका नेपालीहरुलाई नेपाली दालभात, अचार तरकारीका साथ चाडपर्व विशेष परिकारका अतिरिक्त मम, चाउमिन, छोयला, ढिंडो, सोर्मा, बर्गर र पिज्जा पनि उपलब्ध गराउने लक्ष्य रहेको उनले बताइन् ।

नेपालीबाहेक अन्य मुलुकका बासिन्दाहरुका लागि पनि मेनु बनाइने भएका कारण फुजेरामा चाँडै स्थापित हुने पाण्डेले दाबी गरिन् । एक महिनाअघि नै रेस्टुरेन्टको लोकेसन फिक्स भए पनि यहाँको वाणिज्य विभाग तथा नगरपालिकाबाट १० तारिखमात्र स्वीकृति पाएका कारण केही ढिलो भएको उनले बताइन् ।

नेपाली समाज यूएईकी उपाध्यक्ष तथा लुम्बिनी वेल्फेयर सोसाइटीकी महिला विभाग प्रमुख दिपा पाण्डेले समाजसेवाको क्षेत्रमा विगत लामो समयदेखि काम गरिरहेकी छिन् । बुटबलकै अनाथालय, वृद्धाश्रम तथा विभिन्न सामाजिक संस्थालाई नियमित सहयोग पुर्याइरहेकी पाण्डेले आफ्नो व्यावसायबाट प्राप्त मुनाफाको २५ प्रतिशत रकम समाजसेवाका लागि खर्च गर्ने बताएकी छिन् ।

एकल महिला भए पनि सहयोगी तथा मिलनसार व्यक्तित्वका कारण नेपाली समुदायमा दीपा पाण्डे दिनप्रतिदिन चर्चाको शिखर चढ्नुका साथै व्यावसायिक रुपमा पनि सफल बन्दै गएकी छिन् ।

आगामी केही वर्षमा बरदुबई रिकन्सट्रकसन हुने भएका कारण नेपालीहरुको घनत्व बढ्दै गएको फुजेरामा नेपाली व्यावसायीहरु आकषिर्त बन्दै गएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment