Comments Add Comment

अर्बपति विनोद चौधरीले निर्माण गरे शास्वत धाम (फोटो फिचर)

CGIP Photo 7

शास्वत धाममा बनिरहेको मन्दिर ।


नविन अर्याल
१२ पुस, नवलपरासी । विनोद चौधरी, नेपालका एकमात्र डलर अर्बपति । निजी क्षेत्रबाट औद्योगिक पार्क सञ्चालन गर्ने नेपालका एक्ला उद्यमी । नाम लिनासाथ मानिसहरु यसैगरि संझिन्छन्, उनलाई । अब संभवतः उनको नामले निकट भविष्यमै देश विदेशमा नयाँ विशेषण पाउनेछ- नेपालमा शास्वतधाम निर्माण गर्ने उद्यमीका रुपमा ।

हुन पनि उनी आफैले स्थापना गरेको सिजी औद्योगिक पार्क (सिजीआईपी) नवलपरासीमा आधुनिक कालको सबैभन्दा भव्य मन्दिर निर्माण गरिरहेका छन् । लाग्छ, उनको औद्योगिक पार्क सायद अब छायाँमा पर्न सक्छ र आम मानिसहरुले यो ठाउँलाई मोक्ष प्राप्त गर्ने तिर्थस्थलका रुपमा आत्मसाथ गर्नेछन् । जसलाई अर्बपति चौधरीले ‘सिजी शास्वत धाम’ भनिदिएका छन् ।

चौधरी ग्रुपले आम मानिसको जीवनलाई छुने लक्ष्य लिएको उसको स्थापनाकालदेखि नै हो । जुन स्लोगन चौधरी ग्रुपसँगै आउँछ- टचिङ लाईफ एभ्रि डे । अहिलेसम्म अर्बपति चौधरीले आम मानिसको जीवन छुन सकेका थिए या थिएनन् ? तर अब यस मन्दिरमार्फत उनी पक्कै पनि आम नेपालीको जीवनमा पुग्न सफल हुनेछन् । किनभने उनले आफ्नो मात्रै होइन, सनातन धर्मका सम्पूर्ण भक्तजनहरुका लागि मोक्ष प्राप्त गर्ने शास्वतधाम निर्माण गरेका छन् । एक्काईशौं सताब्दी नै किन नहोस्, धार्मिक आस्थामा भन्दा बढि विश्वास आम मानिसलार्इ अरु के मै पो छ र ?

CGIP Photo 11

शास्वत धाममा रहेको यज्ञ कुण्ड ।

यहि शास्वतधाम अब छिटै दर्शनार्थीहरुका लागि खुला हुनेछ । र, नेपालमा मात्रै होइन, विश्वभरका सनातन धर्म मान्नेहरुका लागि प्रख्यात तिर्थस्थलमा परिणत हुने देखिन्छ । साश्वतधामले नेपालको प्रख्यात धार्मिक पर्यटकीय स्थलका रुपमा समेत ख्याती कमाउने प्रवल सम्भावना छ ।

‘श्री काञ्ची शंकरा सदाशिव लिंगम्’ नामकरण गरिएको मन्दिर निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । आगामी वैशाखदेखि मन्दिर सर्वसाधारणलाई दर्शनका लागि खुल्ला गरिने जानकारी शास्वतधाम निर्माणमा संलग्न चौधरी समूहका अधिकारीहरुले दिएका छन् ।

हेर्दै मनमोहक देखिने मन्दिरको निर्माण सुरु भएको बाह्र वर्ष पुगिसकेको छ । सबै विधि विधान पुरा गरी कलात्मक बनाउँदा लामो समय लागेको चौधरी समूहका महाप्रबन्धक मधुसुदन पौडेलले जानकारी दिए । अहिले मन्दिरमा देवताहरुको चित्र कोर्ने र अन्य सजावटको काम भइरहेको छ ।

‘पछिल्लो समय नेपालमा यति कलात्मक र भव्य मन्दिर सम्भवतः बनेका छैनन्’ महाप्रबन्धक पौडेलले भने- ‘मन्दिर निर्माण सम्पन्न भएपछि ठूलो संख्यामा स्वदेशी विदेशी धार्मिक पर्यटक पनि यहाँ आकषिर्त हुनेछन् ।’

CGIP Photo 10

गुरूकुल विद्याश्रममा पढ्दै विद्यार्थीहरू ।

मन्दिर वरीपरी मनमोहक वाटर फाउन्टेन हुनेछ । मन्दिरमा बाहिरबाटै आरती गर्ने व्यवस्था मिलाइनेछ । नेपालको मध्य-भागमा रहेको मन्दिर पूर्वदेखि पश्चिमसम्मका सम्पूर्ण दर्शनार्थीहरुका लागि आकर्षणको केन्द्र बन्ने विश्वास गरिएको छ ।

मन्दिर परिसरमा डिजिटल धार्मिक लाइब्रेरी र धार्मिक सूचना केन्द्रको व्यवस्था गरिनेछ । यहीबाट देशभरका मठ मन्दिर, शक्ती पिठ र धर्महरुको जानकारी लिन सकिने छ ।

साश्वतधाम करिव चार विगाहा क्षेत्रफलमा फैलिएको छ । सास्वत धाममा गुरुकुलको विद्याश्रम रहेको छ । गुरुकुलमा अहिले पहिलो व्याचका १५ जना विद्यार्थीहरु पढिरहेका छन् । यहाँ कक्षा ६ मा भर्ना लिएर संस्कृतका साथसाथै नेपाल सरकारद्वारा निर्धारित पाठयक्रमको पनि अध्ययन गर्ने व्यवस्था मिलाइएको छ । गुरुकुलमा आवासिय शिक्षाको व्यवस्था मिलाइएको छ । विद्यार्थीको खाने, बस्ने र लगाउने सम्पूर्ण खर्च चौधरी समूहले नै बेहोर्ने महाप्रबन्धक पौडेलले बताए ।

CGIP Photo 5

मन्दिरभित्रको दृश्य ।

साश्वत धाममा योगा र ध्यान केन्द्र पनि सञ्चालन हुने छ । यहाँ अखण्ड अग्नी कुण्ड, शक्ती घाट, अर्गानिक फार्म, धार्मिक प्रर्दशनी, डिजिटल धार्मिक लाइब्रेरी, गोशाला, धर्मशाला, यज्ञ कुण्ड, ४३ जना क्षमताको रेसिडेन्सियल कम्पलेक्स, फुड कोर्ट, सोभेनियर स्टोर लगायत रहनेछन् ।

सास्वत धामलाई हरियालीपूर्ण बनाइने छ । जहाँ भक्तजनले घण्टौं आनन्दसँग विताउन सक्ने साश्वत धाम निर्माणमा प्रत्यक्ष रुपमा सहभागी आशुतोषले जानकारी दिए ।

मन्दिरमा विहान देखि साँझसम्म पुजा हुनेछ । साँझमा आरती गरिने छ । विहान योगा गराइने छ । बेलुका सधै सात्संग हुने छ ।

मन्दिरमा व्यक्तिगत पुजा र ग्रह-नक्षत्रको बारेमा काउन्सिलिङ दिइने छ । लाइब्रेरीमा बसेर धार्मिक ज्ञान हासिल गर्न सकिने छ भने यससँग सम्वन्धित सपिङ गर्न पाइने छ ।

CGIP Photo 12

मन्दिर बनाउँदै कालिगढहरू ।

CGIP Photo

मार्सल अार्ट सिक्दै गुरूकुलका विद्यार्थीहरू ।

CGIP Photo 9

शास्वत धाममा रहेको गौशाला ।

CGIP Photo 2

मन्दिरमा देवी देवताको तस्वीर कोर्दै कलाकार ।

CGIP Photo 3

मन्दिरभित्र रहेको देवी देवताका मुर्तीहरू ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment