 
																			३ चैत, लहान । डा. सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनको सिरहाको लहानमा शुरु भएको राष्ट्रिय परिषद बैठकमा मोबाइल प्रयोग गर्न नपाइने कडा नियम लगाइएको छ ।
बैठकमा सहभागी गठबन्धनका कार्यकर्तालाई मोबाइल प्रयोगमा रोक लगाइएको छ । सहभागीहरुलाई नेपाली नागरिकता देखाउन अनिवार्य गरिएको छ । सञ्चारकमीलाई प्रवेश गर्न दिइएको छैन ।
बैठकमा सहभागी सुदीपराज कुशवाहाले बैठकबाट आएका निचोडहरु बैठक सकिएपछि मात्र सार्वजनिक गर्ने कार्यक्रम रहेको बताएका छन् ।
उनले कार्यकर्तासँग भएको छलफल कुन निश्कर्षमा पुगिन्छ, अहिले नै बताउन नसक्ने भन्दै बैठक सकिएपछि मात्रै निर्णय सुनाइने बताए ।
सरकारसँग भएको ११ बुदे सहमति र भावी कार्यनीतिका विषयमा छलफल भइरहेको बताइरहँदा तराईका जनताले लहानमा भएको बैठकलाई उत्सुकतापूर्बक हेरिरहेका छन् । यो बैठकपछि सीके राउतको लाइन स्पष्ट हुने स्थानीयले आशा गरेका छन् ।
बैठक आइतबार लहान नगरपालिका स्थित माडवारी सेवा सदनमा शुरु भएको छ । सोमबार सकिने बैठकमा करिब दुई सयजना परिषद सदस्यहरुको सहभागिता रहेको बुझिएको छ ।
–यमुना खनालबाट
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4