Comments Add Comment

‘तर राजेश उही राजेश हो’ले ‘शंकर हुँ म शंकर’लाई विर्साउला ?

rajesh-in-bagmati
‘साथीहरुका लागि यो हात सलाम हो, दुश्मनका लागि यो हात फलाम हो, शंकर हो मेरो नाम शंकर’ । चलचित्र क्षेत्रमा करिब साढे २ दशक विताइसकेका नायक राजेश हमाललाई अहिले पनि स्टेज वा कुनै कार्यक्रममा पुग्दा माथि उल्लेखित संवाद नै सुनाउनु पर्छ ।

दर्शकले राजेशको मुखबाट यो संवाद नसुनेसम्म सुखै दिदैनन् । देश तथा विदेशमा आयोजना हुने कार्यक्रममा हमाल यही एउटा संवाद सुनाएर स्टेजबाट र्झछन् । यो संवादले नै हमाललाई दर्शकमाझ अझै पनि चर्चामा राखिदिएको छ ।

कुनै पनि कलाकारका लागि संवादले यसरी चर्चामा राख्नु सुखद कुरा हो । तर, कहिलेसम्म एउटै संवादको भरमा चलिरहने भन्ने पनि मुख्य हो । उनै, राजेश अहिले अर्को एक संवादलाई स्थापित गर्ने दाउमा लागेका छन् । चलचित्र ‘बागमती’मा समावेश ‘नेपाल पहिलेको नेपाल रहेन, तर राजेश उही राजेश हो’ भन्ने संवादलाई राजेशले पोखरामा आयोजना भएको पत्रकार सम्मेलनमा सुनाए ।

चलचित्रको प्रचारका लागि खासै नहिड्ने हमाल अहिले देश दौडाहामा लागेका छन् । पोखरामा आयोजना भएको पत्रकार सम्मेलनमा हमालले भने-‘निर्देशकले मलाई एउटा फरक भूमिकामा देखाउन खोज्नुभएको छ, आशा छ यसलाई दर्शकले मन पराउनेछन् ।’

पत्रकार सम्मेलनमा चलचित्रकी कलाकार श्रेया कार्कीले अंग्रज कलाकारसँग काम गर्दा खुशी भएको अनुभुती सुनाइन् । कार्यक्रममा चलचित्रका निर्माता दिनेश दर्शनधारीले आफ्नो चलचित्रले नेपाली चलचित्र क्षेत्रमा चलिरहेको ट्रेण्डलाई बदल्ने दाबी गरे ।

बजेटको कुनै संझौता नगरिकन आफूले चलचित्रमा लगानी गरेको उनको भनाई छ । साउथ इण्डियन चलचित्रका निर्देशक सन्नी केरलाले यसलाई निर्देशन गरेका हुन् । विजय सत्यालको समेत लगानी रहेको चलचित्रमा राजेश हमाल, शिव श्रेष्ठ, श्रेया कार्कीको साथमा अतिथी भूमिकामा केकी अधिकारीलाई देख्न सकिन्छ । पुस २४ गते अर्थात आउँदो शुक्रबारबाट यो चलचित्र हलमा लाग्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment