Comments Add Comment

उपाधि विजेता खेलाडीलाई जनही दुई लाख: परिषद

८ माघ, काठमाडौं । बंगलादेशमा सम्पन्न बंगबन्धु कपका विजेता खेलाडीलाई जनही दुई लाख रुपैयाँ पुरस्कार दिइने राष्ट्रिय खेलकुद परिषदले जनाएको छ । नेपालले बहराइनलाई ३ गोलले हराएर कप जितेलगत्तै परिषदका सदस्यसचिव केशवराज विष्टले सो घोषणा गरेका हुन् ।

Keshab-bista-finalअनलाइनखबरसित कुरा गर्दै विष्टले पुरस्कार सम्वन्धी प्रस्ताव तुरुन्तै खेलकुद परिषदले मन्त्रिपरिषदमा पठाउने जानकारी दिए ।

उनले भने, ‘प्रशिक्षक र खेलाडीले दुई लाख तथा सहायक प्रशिक्षकले एक लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।’

उनले नेपालको जितलाई ऐतिहासिक भन्दै टिमलाई बधाई ज्ञापन गरेका छन् । आसन्न साफ गेममा सहभागी हुने नेपाली फुटबल टीमलाई उपाधी जितेमा दिइने पुरस्कारका विषयमा पनि चाँडै निर्णय लिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment