Comments Add Comment

मधेसमा कांग्रेसलाई कार्यक्रम गर्न दिने मोर्चाको संकेत

Nepali-Congress

११ माघ, काठमाडौं । आन्दोलनरत मधेसी मोर्चाले मधेसका विभिन्न जिल्लामा नेपाली कांग्रेसलगायतका प्रमुख दलहरुको गतिविधिमाथि रोक लगाउँदै आएका छन् । एमालेले कार्यक्रम गर्न खोज्दा मोरङको रंगेलीमा ३ जनाको ज्यानै जाने गरी झडप भयो ।

आगामी फागुनमा महाधिवेशनको तयारी गरिरहेको नेपाली कांग्रेसले तराईका जिल्लाहरु जिल्ला सम्मेलनको तयारी गरिरहेको छ । तर, मोर्चाले अधिवेशनमा अवरोध पुर्‍याउन सक्ने र यसबाट महाधिवेशन प्रभावित हुन सक्ने कांग्रेस नेताहरुमा चिन्ता छ ।

‘तर, मधेसी मोर्चासँग हाम्रा शीर्ष नेताहरु निरन्तर सम्वादमा हुनुहुन्छ,’ एक केन्द्रीय सदस्यले अनलाइनखबरसँग भने, ‘मधेसमा कांग्रेसलाई जिल्ला अधिवेशनहरु गर्न दिने मधेसी मोर्चाका नेताहरुले संकेत दिएका छन् ।’

सोमबार राजधानीमा आयोजित कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा मधेसका जिल्लाको सुरक्षास्थितिबारे छलफल भएको थियो । मधेसमा कसरी अधिवेशन गर्ने भन्दै केन्द्रीय सदस्यले उठाएको प्रश्नमा शीर्षनेताहरुले मोर्चासँग छलफल भइरहेको र जिल्ला अधिवेशन गर्न दिने संकेत गरेको बताएका छन् ।

यद्यपि मधेसी मोर्चाले औपचारिकरुपमा कांग्रेसको जिल्ला अधिवेशन नरोक्ने घोषणा गरिसकेको छैन ।

यसैवीच नेपाली कांग्रेसको बैठकले अधिवेशनका लागि सरकारसँग सुरक्षाको प्रवन्ध मिलाइदिन आग्रह गर्ने निर्णयसमेत गरेको छ । तराई-मधेसमा जारी आन्दोलनका कारण नेता-कार्यकर्ताहरु असुरक्षित भएको र त्यसले अधिवेशन पनि प्रभावित हुन सक्ने भन्दै कांग्रेसले सरकार र आन्दोलनरत मोर्चा दुबै पक्षलाई सुरक्षाको व्यवस्था मिलाइदिन आग्रह गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment