Comments Add Comment

कांग्रेस अधिवेशनः बाँकेमा संस्थापन पक्षको बर्चस्व

आरपी सुवेदी

१५ माघ, नेपालगञ्ज । बाँकेमा शुक्रबार भएको गाउँ र नगर अधिवेशनबाट अधिकांश संस्थापन पक्षका निर्वाचित भएका छन् । नेपालगन्ज उपमहानगरपालिकाको नगर सभापतिमा प्रशान्त विष्ट निर्विरोध निर्वाचित भएका छन् । उनी यसअघि पनि निर्विरोध नै निर्वाचित भएका थिए ।

Banke Congressयसैगरी सचिव धर्मेन्द्रबहादुर सिंह, कोषाध्यक्ष ध्रुवप्रसाद दाहाल र ८ जना सदस्यहरु पनि निर्विरोध निर्वाचित भएका छन् । धनराज बर्मा, रविन्द्र लामिछाने, रामधन बर्मा, विजया शर्मा, मोहम्द अलि सिद्धिकी, भरत वैश्य, सुशील गौतम र तिलकराम बर्मा सदस्यमा निर्विरोध निर्वाचित भएका हुन् ।

आरक्षण महिला, जनजाति कोटाको परिणाम भने शनिबार मात्रै आउने नेपाली कांग्रेस बाँकेले जनाएको छ ।

क्षेत्रीय प्रतिनिधिको रुपमा कांग्रेस सभापति सुशील कोइरालाकी भाइबुहारी किरण कोइराला हिरमिनिया गाविसबाट निर्विरोध निर्वाचित भएकी छन् । लक्ष्मीनारायण शाह गंगापुर गाविसबाट र बाँके जिल्ला सचिवसमेत रहेका निरन्जन सिंह सिजापति नेपालगन्ज उपमहानगरपालिका ५ बाट निर्विरोध निर्वाचित भएका छन् ।

क्षेत्रीय प्रतिनिधिका रुपमा नारायण गौडेल पनि निर्वाचित भएका छन् । उनी दोस्रो संविधानसभा चुनावमा सभासदहरुको समानुपातिकको सूचीमा परेकाले स्वतः क्षेत्रीय प्रतिनिधि भएका हुन् । निर्वाचित सांसदहरु र हारेकाहरु स्वतः प्रतिनिधि हुने व्यवस्था कांग्रेसले गरेको छ ।

कोहलपुरमा दुई प्यानल

यसैगरी बाँकेकै कोहलपुरको नगर अधिवेशनमा सबै पदहरुमा संस्थापन पक्षको समानान्तर उम्मेदवारी परेको छ । अध्यक्षमा बलराम शर्मा र राजेन्द्रकुमार श्रेष्ठ, सचिवमा भुमबहादुर भण्डारी र लिलाबहादुर राना तथा कोषाध्यक्षमा रेशम गिरी र गोविन्द पौडेलले उम्मेदवारी दिएका छन् । यसैगरी ८ जना सदस्यका लागि १६ जनाको उम्मेदवारी परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment