Comments Add Comment

साफमा उपबिजेता भएको दुई बर्षपछि महिला फुटवलरले पुरस्कार पाए

mahila-football१९ माघ, काठमाडौं । सन् २०१४ मा पाकिस्तानमा भएको महिला साफ च्याम्पियनसीप फुटवलको उपबिजेता नेपाली टोलीलाई पूर्व घोषणा अनुसार जनही ५० हजार पुरस्कार प्रदान गरिएको छ ।

प्रतियोगिता सम्पन्न भएको दुई बर्षपछि अखिल नेपाल फुटवल संघ एन्फाले खेलाडीहरुलाई पुरस्कृत गरेको हो । एन्फाका कार्यबाहक अध्यक्ष नरेन्द्र श्रेष्ठले आसन्न साग गेम्सका लागि टोलीको बिदाई सहित खेलाडीलाई पुरस्कार प्रदान गर्नुभयो ।

साफ च्याम्पियनसीपमा सहभागि बीसजना खेलाडी र प्रशिक्षक कुमार कटुवाललाई एन्फाले पूर्वघोषित ५० हजार नगद पुरस्कारबाट सम्मान गरेको हो ।

पाकिस्तानमा सम्पन्न साफको फाइनलमा नेपाल भारतसंग पराजित हुँदै उपबिजेतामा चित्त बुझाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment