Comments Add Comment

चौतारी सिर्जनशील पुरस्कार मगरलाई दिने निर्णय

Nawalparasi२१ माघ, कावासोती ।   प्रेस चौतारी नेपाल नवलपरासीले यस वर्षको ‘प्रेस चौतारी सिर्जनशील पत्रकारिता पुरस्कार’ रेडियो परासीका पत्रकार राजकुमार रेस्मी मगरलाई प्रदान गर्ने निर्णय गरेको छ ।

प्रेस चौतारी नेपाल नवलपरासी शाखाको आज बसेको बैठकले मगरलार्इ उक्त पुरस्कार  दिने निर्णय गरेको हो ।

पाँच वर्ष अघि जहदा गाविसका समाजसेवी तथा नेकपा (एमाले)का नेता दीपेन्द्र अधिकारीले आफ्ना छोरा युवा उद्यमी शक्ति अधिकारीको स्मृतिमा रु दुई लाखको अक्षयकोष स्थापना गरेका थिए ।  यस्तै शाखाका पूर्व अध्यक्ष कुलप्रसाद शर्माले आफ्ना बुवाआमाको सम्झनामा सोही कोषमा रु २५ हजार थप सहयोग गरेका थिए ।

एक वर्ष जिल्ला बाहिर र एक वर्ष जिल्लाभित्रै क्रियाशील पत्रकारलाई प्रेस चौतारीले रु १५ हजार राशिबाट पुरस्कृत गर्ने गरेको छ । त्यसैगरी शाखाले अग्रज महिला पत्रकार शान्ता भण्डारीलाई सम्मान गर्ने निर्णयसमेत गरेको छ ।

चौतारीको स्थापना दिवसका अवसरमा यही माघ २२ गते सो पुरस्कार प्रदान गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment