Comments Add Comment

पूर्वमन्त्री चटौत महाधिवेशन प्रतिनिधिमै पराजित

२२ माघ, कञ्चनपुर । पूर्वमन्त्री तारणीदत्त चटौत नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् ।

कांग्रेसको १३औं महाधिवेशनको प्रतिनिधि छनौटका लागि शुक्रबार भएको कञ्चनपुरको क्षेत्र नं ४ को क्षेत्रीय अधिवेशनमा खुलातर्फ नेता चटौत पराजित भएका हुन् । सांसद समेत रहेका चटौतले ३० मत ल्याए ।

कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य यज्ञराज जोशीले महाधिवेशन प्रतिनिधिमा चुनाव जितेका छन् । जोशीले ७४ मत ल्याएका छन् ।

कांग्रेसका क्षेत्र नं ४ का सांसद रमेश लेखक सबैभन्दा बढी मत ल्याएर महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । उनले १०५ मत ल्याए ।

यसैगरी महाधिवेशन प्रतिनिधिमा वीरबहादुर सुनार ८६, खगेश्वर बोहरा ६५, कृष्णदत्त पनेरु ४५,दुर्गा जोशी ३४ मत ल्याएर महाधिवेशन प्रतिनिधि भएका छन् ।

महाधिवेशन प्रतिनिधिमा धनबहादुर शाही, पिताम्बर भट्ट, दीर्घराज भट्ट, यज्ञराज चटौत, धर्मानन्द भट्ट र बमबहादुर शाही पराजित भएका छन् ।

महिलाबाहेक अन्यमा सर्वसम्मत महाधिवेशन प्रतिनिधि छानिएका छन् । महिलामा मधु भारती र सुनिता भाट निर्वाचित भएका छन् । भारती महिला सङ्घकी सभापति हुन् । उनले ७९ र भाटले ६१ मत पाएका छन् । महिला सङ्घकी पूर्वअध्यक्ष माया भट्ट पराजित भएकी छन् ।

दलिततर्फ दलित सङ्घका सभापति रमेश दयाल, आदिवासी जनजातिमा बेलबहादुर राना र अल्पसङ्ख्यकमा दिवाकर पाण्डेय निर्विरोध निर्वाचित भएका छन् ।

यसैगरी क्षेत्र नं ४ को क्षेत्रीय सभापतिमा गोपालदत्त भट्ट निर्विरोध निर्वाचित भएका छन् । उनी महाकाली पारी दोधारा–चाँदनीका बासिन्दा हुन् ।

यसैगरी क्षेत्रीय सचिवमा प्रकाश जोशी र कोषाध्यक्षमा सुशीला चन्द निर्विरोध भएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment