Comments Add Comment

यूएईको फुजेरामा नेपाली युवाले खोले नमस्ते रेस्टुरेन्ट

namaste-resturent

आरपी सहयात्री

फुजेरा, यूएई । यूएईको उत्तरी इमिरेट फुजेराको मुख्य सिटीमा तीन जना नेपाली युवाहरुले नमस्ते रेस्टुरेन्ट सञ्चालनमा ल्याएका छन् । गत ५ फेब्रुवरीमा नरिवल फोरेर नेपाली परम्पराअनुरुप रेस्टुरेन्टको समुद्घाटन गरिएको हो । फुजेराको दुबई स्लामिक बैंक बिल्डिङमा रहेको उक्त रेस्टुरेन्टको उद्घाटनको दिनभरी नै उल्लेख्य नेपालीहरु तथा अन्य विदेशी नागरिकहरुले नेपाली स्वादका परिकारको स्वाद लिएका थिए ।

भरतपुर चितवनका सुजन सापकोटा, धरान सुनसरीका सरोज मगर र चिलाउनेबास स्याङजाका ईश्वर सुनारले आफ्नो मित्रतालाई व्यावसायिक सहकार्यमा परिणत गरेको बताएका छन् ।

यूएईमा नेपाल र नेपालीलाई अरुले हेर्ने दृष्टिकोण बदल्न व्यावसायमा हात हालेको उनीहरुले बताए । अघिकांश विदेशीले नेपालीलाई निम्न स्तरको कामदारका रुपमा बुझ्ने गरेकोमा आफूहरु चिन्तित रहेको ती युवाहरुले बताए ।

रेस्टुरेन्टभित्र मिनी नेपाल देख्न सकिन्छ । हिमाल, पहाड र तराईका पोट्रेटका अतिरिक्त, नेपाली जनजीवन, खोलानाला, झरना, भेषभुषामा सजिएका नेपालीहरुको तस्वीर, नेपाली बाजागाजाको सजावटले नेपालै पुगेको अनुभूति हुन्छ ।

रेस्टुरेन्टमा परम्परागत अर्डर अनुसारका खानाका अतिरिक्त चाउमिन, ममका साथै कन्टिनेन्टल खाना पाइने सञ्चालक मगरले बताए, ‘हामी चाडपर्व विशेष नेपाली परिकारहरु पनि तयार पार्नेछौं ।’

पाँच तारे होटलका नेपाली कुकहरुले खाना तयार गर्ने भएका कारण सस्तो दरमै नेपाली तथा अन्य विदेशीहरुलाई स्वादिष्ट नेपाली परिकारको स्वादको मजा लिन सक्ने उनीहरुले दाबी गरेका छन् ।

सस्तो दरमा स्वादिष्ट नेपाली खानाको स्वाद सामान्य नेपालीहरुदेखि अन्य विदेशीलाई चखाएर नेपाल, नेपाली, नेपाली परिकार र नेपाली संस्कृतिलाई चिनाउने यी युवाहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment