Comments Add Comment

यूएईमा स्वास्थ्य र सुरक्षाबारे जनचेतना

nrn  fujairaj team

रामप्रसाद ढुंगेल

यूएई । एनआरएन, यूएईले ५ फेब्रुवरी, शुक्रबारबाट स्वास्थ्य र सुरक्षाबारे जनचेतना कार्यक्रम सुरु गरेको छ । फेब्रुवरी महिनाभरि यूएईका नेपालीहरुलाई लक्षित गर्दै जनचेतना तथा जागरण अभियान चलाउने योजनाअनुरुप रास अल खेमा र फुजेराबाट एकै दिन अवेरनेस कार्यक्रम सुरु गरेको एनआरएन, यूएईका नवनियुक्त प्रवक्ता बालकृष्ण मरासिनीले बताएका छन् ।

एनआरएन, यूएईको आयोजनामा भएको उक्त कार्यक्रममा नेपाली दूतावासका द्वितीय सचिव कृष्ण अर्यालको उपस्थितिमा हेल्थ एन्ड सेफ्टीबारे जनचेतना जगाउने कार्यक्रमको औपचारिक सुरुवात गरिएको हो । उक्त कार्यक्रममा एनआरएन यूएईका अध्यक्ष सुदिप कार्की, उपाध्यक्ष दीपक श्रेष्ठ, महिला विभाग प्रमुख कल्पना राई लगायतको एनआरएनको टिमको दुबै स्थानमा सहभागिता थियो ।

फुजेराको माधवपार्कमा उल्लेख्य नेपालीहरुबीच जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको क्षेत्रीय अध्यक्ष कृष्ण गिरी र सहसचिव यम खत्रीले बताएका छन् । रास अल खेमाको राक सेरामिक्सको फुटबल मैदानमा आयोजना गरिएको जनचेतनामूलक कार्यक्रममा पनि ठूलो संख्यामा नेपालीहरु उपस्थित भएर स्वास्थ्य, सुरक्षा र आधारभूत कानुनबारे जानकारी लिएको एनआरएन अभियन्ता मेघराज सापकोटाले जानकारी दिएका छन् ।

awerness prog in ras al khaima

यो अभियान फेब्रुवरीको दोस्रो सातामा १२ तारिख सारजा र अजमानमा हुने बताइएको छ । यसैगरी अल ऐन क्षेत्रीय समितिको आयोजनामा आगामी १९ फेब्रुवरीमा परिचयात्मक भेटघाट तथा वनभोज कार्यक्रमका साथ जनचेतनामूलम कार्यक्रम तय भएको क्षेत्रीय सचिव जे सागरले बताएका छन् ।

सोही दिन अर्थात् १९ फेब्रुवरीकै दिन बिहान १० बजे अबुधाबी पनि जनचेतनामूलक कार्यक्रम गर्ने निश्चय भएको छ । फेब्रुवरी महिनाको अन्तिम शुक्रबार २६ तारिखमा दुबईमा यो जनचेतनामूलक अभियानको औपचारिक समापन गरिने प्रवक्ता मरासिनीले जानकारी दिएका छन् ।

एनआरनए युएईका अध्यक्ष सुदिप कार्कीको अध्यक्षतामा नेपाली दूतावासमा गत जनवरी ८ तारिख बसेको तेस्रो बैठकले समसामयिक विषयमा छलफल गर्दै फेब्रुवरी महिनालाई जनचेतना जगाउन विभिन्न्न इमिरेटसमा कार्यक्रम गर्ने निर्णय गरेको थियो ।

awarness in uae

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment