Comments Add Comment

टीभीएसको अपाचे म्याट ब्लु सार्वजनिक, बुकिङ खुला

Apache-180ABS--Blue-FLAT-2
२५, माघ, काठमाडौं । जगदम्बा मोटर्सले नेपालमै पहिलोपटक टीभीएस अपाचे सिरिज आरटीआर म्याट ब्लुको बिक्री सुरु गरेको छ ।

पोखराको नयाँबजारस्थित सो-रुममा भएको कार्यक्रममा जगदम्बा मोटर्सका उपाध्यक्ष दीपककुमार अग्रवाल र एएसबी अटोमोबिल्सApache-180ABS--Blue-FLATका कार्यकारी निर्देशक प्रमेश पराजुलीले मोटरसाइकल सार्वजनिक गरे ।

रेसिङ च्यासिस लगायतका विशेषता भएको अपाचे म्याट ब्लु एडिसन आरीआर सिरिजमा सबैभन्दा धेरै पुरस्कार प्राप्त बाइक हो।

स्टाइलिस लुक, रेसिङ थिम र पफर्मेन्सका कारण अपाचे सिरिज लोकप्रिय छ । टीभीएस मोटर कम्पनीले विभिन्न आकर्षक रङमा उपलब्ध अपाचे सिरिजमा म्याट ब्लु रङ पनि थपेको हो ।

विगत दुई सातादेखि नै सुरु भएको अपाचे सिरिज आरटीआर म्याट ब्लु एडिसनको बुकिङ देशभरि जारी छ । उच्च स्तरको सर्भिस प्रदान गर्न प्रतिबद्ध कम्पनीले अत्याधुनिक सुविधा सम्पन्न ५२ वटा डिलरसीप मार्फत सेवा प्रदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment